चितवन विशेष

त्रिशूली र नारायणीमा फेला परेका बेवारिसे शव देवघाटमा वैज्ञानिक विधिबाट व्यवस्थापन सुरु

नारायणगढ (चितवन)। त्रिशूली तथा नारायणी नदी किनारमा फेला परेका पहिचान हुन नसकेका शवहरूलाई भविष्यमा आफन्तजनले चिन्न सक्ने गरी वैज्ञानिक विधि अनुसार भरतपुर–१ स्थित देवघाट जङ्गलमा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बगेर आएका शवहरू लामो समयसम्म राख्न सम्भव नभएपछि रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) को मापदण्ड अनुसार वैज्ञानिक ढङ्गले […]

पूरा पढ्नुहोस्

घर पाए, अब लालपुर्जाको पर्खाइमा कालिकाका सुकुम्बासी

  कालिका । लामो समयदेखि असुरक्षित र अस्थायी बसोबासमा जीवन बिताउँदै आएका कालिका नगरपालिकाका विपन्न परिवारले सुरक्षित घर पाएका छन्। तर घर पाएसँगै उनीहरूको अर्को ठूलो अपेक्षा भनेको आफ्नै नाममा जग्गाको लालपुर्जा पाउनु हो। कालिका नगरपालिका र लुमन्ती आवासका लागि सहयोग समूहको सहकार्यमा विपन्न परिवारका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिएको छ। आवास कार्यक्रमअन्तर्गत नगर […]

पूरा पढ्नुहोस्

कालिका ओपन स्काउट क्रूको दोस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

  कालिका। कालिका ओपन स्काउट क्रू (KOSC) को दोस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम–२०८३ विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता KOSC का अध्यक्ष स्काउटर सेवक अधिकारी ‘निर्मिश’ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कालिका नगर स्काउटका निवर्तमान प्रमुख आयुक्त स्काउटर रचना लामाको उपस्थिति रहेको थियो। कार्यक्रममा युवाहरूको ढुकढुकी तथा समाजसेवी रमेशजंग थापा, कालिका […]

पूरा पढ्नुहोस्

व्यापार र प्रविधिमार्फत पढ्दै कमाउँदै

  रत्ननगर। नगर कलेजले समयसापेक्ष शैक्षिक रूपान्तरणको नयाँ चरणलाई अघि बढाएको छ। प्रविधि र रोजगारीको आधुनिक बजारलाई मध्यनजर गर्दै कलेजले आफ्नो शैक्षिक दृष्टिकोण तथा विद्यार्थी अनुभवलाई पुनर्संरचना गर्ने प्रक्रिया अघि बढाएको हो। कलेजले आफ्नो उद्देश्य प्राप्तिका लागि शनिबार ‘मिसन १००’ लाई लक्ष्यमा राखेर ‘फ्युचर रेडी सेमिनार’ सम्पन्न गरेको छ। विद्यार्थी, शिक्षक तथा विज्ञहरूको सहभागिता रहेको […]

पूरा पढ्नुहोस्

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द

नारायणगढ (चितवन)–बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ चितवनमा खकार परीक्षण तथा एचआइभी, एचसिभी र भाइरल लोड परीक्षणबाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् । प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालु आवका लागि आवश्यक सामग्री आइनसकेकाले गत साउन २६ गतेदेखि सेवा बन्द भएको हो । प्रयोगशालाका सूचना अधिकारी रमेशसिंह […]

पूरा पढ्नुहोस्

मुग्लिन सडकमा सुक्खा पहिरो, यातायात ठप्प

चितवन– सिमलधारामा सुक्खा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडक पूर्ण रूपमा यातायात अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा गएराति सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी अबरुद्ध बनेको हो। जिल्ला प्रहरी कार्यालय  अनुसार रातको समयमा पहिरो खसेकाले सवारी साधन बीच बाटोमै रोकिएका छन्। आइतबार बिहान लोडर तथा जेसीबी प्रयोग गरी सडकमा थुप्रिएको पहिरो हटाउने काम सुरु भएको […]

पूरा पढ्नुहोस्

चितवनमा आयकर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी ‘इलेक्ट्रोनिक फाईलीङ’ तालिम सम्पन्न

चितवन – चितवनको उद्योगी व्यवसायीहरूको छाता संस्था चितवन उद्योग वाणिज्य संघको आयोजना तथा जिआइजेड–आरएसआरएसडी  को प्राविधिक सहयोग एवम् विद्युत व्यवसायी संघ, चितवनको समन्वयमा भरतपुर–४ स्थित ग्यालेक्सी गार्डेन रिसोर्टमा व्यवसायीहरूका लागि “आयकर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी इलेक्ट्रोनिक फाईलीङ विषयक एक दिने तालिम सम्पन्न भएको छ । कार्यक्रम उद्योगी–व्यवसायीहरूलाई आयकर, मूल्य अभिवृद्धि करका सिद्धान्तहरू र विद्युतीय […]

पूरा पढ्नुहोस्

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ– चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र छ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका स्थानीय दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । कालिका नगरपालिकामा एक महिला र इच्छाकामना गाउँपालिकामा एक पुरुषमा डेङ्गु सङ्क्रमण देखिएको हो । त्यसैगरी जिल्लाका स्थानीय छ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको […]

पूरा पढ्नुहोस्

चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते, मोटरसाइकल पूर्ण रूपमा जल्यो

चितवन– चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सेतीदोभान (मुग्लिङ-नारायणगढ सडक खण्ड) मा मंगलबार दिउँसो ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ४०९२ नम्बरको डिब्बा ट्रक र विपरीत दिशाबाट आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल दिउँसो करिब २:५५ बजेको समयमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परि मोटरसाइकल चालक लमजुङको […]

पूरा पढ्नुहोस्

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन

चितवन –जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन् । ती निवेदनअनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत रु १२ करोड २२ लाख ८४ हजार ३३८ ठगी भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये रु दुई करोड २९ लाख ९८ हजार ६४३ फिर्ता समेत गरिएको छ । पछिल्लो समय अनलाइन मार्केटिङ, […]

पूरा पढ्नुहोस्