चितवन विशेष
आँखा उपचारको पहुँच बढाउँदै भरतपुर आँखा अस्पताल
चितवन–नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले चितवनसहित छिमेकी जिल्लाहरुमा अस्पताल र उपचार केन्द्रको सञ्जाल विस्तार गर्दै लगेको छ । हाल मुख्य अस्पतालसहित २५ ठाउँबाट उपचार सेवा दिएको छ भने थप दुई ठाउँमा विस्तारको तयारी गरेको छ । अस्पतालले चितवनसहित आठ जिल्लामा रहेका यी अस्पताल र उपचार केन्द्रबाहेक शिविर सञ्चालन गरेर थप उपचार सेवा दिँदै […]
पूरा पढ्नुहोस्
नेपालको उद्योग क्षेत्रले भोग्नु परेका समस्या र चुनौति
चितवन-पछिल्लोसमय देशमा औद्योगिक वातावरण हराउँदै गएकोमा उद्योगीहरु चिन्तित वन्नुपर्ने अवस्था सिर्जना भएको छ । ७७ वटै जिल्लाको तथ्याँक केलाउने हो भने उद्योग स्थापना गर्नेभन्दा पनि बन्द गर्ने लहर चलेको अवस्थाले मुलुकमा औद्योगिक वातावरण त्यसैपनि खुम्चिदै गएको अवस्था छ । यसले नेपालमा उद्यम गरिरहेका उद्योगी व्यवसायीमात्र प्रभावित हुँदैनन् त्यसको असर देशले धेरै पछिसम्म भोग्नुपर्ने निश्चित […]
पूरा पढ्नुहोस्
चाडपर्व नजिकिएसँगै चितवनमा सयपत्री खेती बढ्दै
चितवन : चाडपर्वलाई लक्षित गरी चितवनमा सयपत्री फूलखेती गर्ने किसानको संख्या र खेतीको क्षेत्रफल उल्लेख्य रूपमा बढेको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष जिल्लामा सयपत्री फूलखेतीको क्षेत्रफल दोब्बरभन्दा बढीले विस्तार भएको हो । कृषि विकास कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा २१ दशमलव ९२ हेक्टर क्षेत्रफलमा सयपत्री खेती गरिएकोमा चालु आर्थिक वर्षमा बढेर ४४ […]
पूरा पढ्नुहोस्
परदेशमा बसेर मातृभूमिको पीडामा मलम लगाउँदै हेमकान्त सेढाईं
चितवन – चितवनको राप्ती नगरपालिका–२ स्थायी घर भई दशकौँदेखि बेलायतमा स–परिवार बसोबास गर्दै आएका व्यवसायी हेमकान्त सेढाईं यतिबेला मातृभूमिमा परेको विपत्तिका पीडितको सहयोगमा जुटेका छन्। भाद्र १० गते तिब्बत हुँदै रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि सेढाईंले बेलायत स्थित आफ्नै होटलमा विभिन्न च्यारिटी कार्यक्रम सञ्चालन गरी राहत रकम संकलन गरिरहेका […]
पूरा पढ्नुहोस्
कालिका नगरपालिकामा राष्ट्रिय शोक दिवस तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न।
चितवन । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा कालिका नगरपालिकाले राष्ट्रिय शोक दिवस तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। कालिका नगरपालिका तथा स्थानीय विपद् व्यवस्थापन समितिको आयोजनामा सोमबार साँझ नगरपालिका कार्यालय परिसरमा कार्यक्रम गरिएको हो। कार्यक्रममा बाढी तथा विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण […]
पूरा पढ्नुहोस्
प्याराडाइज युवा क्लवलाई युवा व्यवसायी सन्देश तामाङको सहयोग ।
रत्ननगर । रत्ननगरका युवा व्यवसायी तथा समाजसेवी सन्देश तामाङले प्याराडाइज युवा क्लवलाई जर्सी सहित खेलकुदका सामग्री सहयोग गर्नु भएको छ । माडीमा जारी स्टार कपमा डिफेन्डिङ च्याम्पियनको रुपमा सहभागिता जनाउन लागेको प्याराडाइजलाई तामाङले खेलकुदका सामग्री सहयोग गर्नुभएको हो । समाजसेवी तामाङले क्लवका अध्यक्ष एस के चौधरी र टिम कोच चन्दन चौधरीलाई सामग्री हस्तान्तरण गर्नुभएको […]
पूरा पढ्नुहोस्
रत्ननगरमा प्रथम पञ्चकन्या गोल्डकप फुटबल प्रतियोगिता हुँदै
रत्ननगर । रत्ननगरको टिकौलीचौरमा आगामी असोज ९ गतेदेखि प्रथम पञ्चकन्या गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रत्ननगर–१२ मा रहेको न्यू पञ्चदिप युवा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो । सान रियल स्टेट नेपाल प्रा.लि. मुख्य प्रायोजक रहेको प्रतियोगितामा ८ वटा टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने खेल संयोजक दिनेश राना मगरले जानकारी दिए […]
पूरा पढ्नुहोस्
चितवनका सञ्चारकर्मी मगरलाई अन्तर्राष्ट्रिय सम्मान एक दशकको सञ्चार यात्राको कदरस्वरूप ‘आउटस्ट्यान्डिङ प्रेस एण्ड पब्लिक रिलेसन अवार्ड–२०२६’
चितवन । सञ्चार क्षेत्रमा एक दशकदेखि सक्रिय चितवनका सञ्चारकर्मी पूर्णबहादुर मगर अन्तर्राष्ट्रियस्तरको सम्मानबाट पुरस्कृत भएका छन्। कला तथा संस्कृतिको माध्यमबाट नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले आयोजित ‘इन्टरनेशनल एक्सिलेन्सी अवार्ड–२०२६’ अन्तर्गत मगरलाई ‘आउटस्ट्यान्डिङ प्रेस एण्ड पब्लिक रिलेसन अवार्ड’ प्रदान गरिएको हो। काठमाडौंस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ आयोजित समारोहमा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मगरलाई अवार्ड प्रदान […]
पूरा पढ्नुहोस्
भर्टेक्स इन्स्टिच्युटद्वारा नयाँ विद्यार्थीहरूका लागि ‘रेसिडेन्सियल ओरिएन्टेसन’ सम्पन्न
चितवन । भर्टेक्स इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको आयोजनामा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि ‘रेसिडेन्सियल ओरिएन्टेसन एन्ड वेलकम प्रोग्राम २०२६’ सम्पन्न भएको छ। भरतपुर विमानस्थल अगाडि अवस्थित चितवन ग्रान्ड रेसिडेन्समा आयोजित समारोहमा विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण गरिएको हो। संस्थाका प्रिन्सिपल सुदीप बास्तोलाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन ग्रान्ड रेसिडेन्सका महाप्रबन्धक सुधीर उप्रेती प्रमुख अतिथि रहनुभएको […]
पूरा पढ्नुहोस्
गडुवा तल्लोभेग खानेपानीको अधिवेशन सम्पन्न, ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
कालिका । गडुवा तल्लोभेग खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। साधारण सभाले समितिको आगामी कार्ययोजना, खानेपानी सेवा विस्तार, थप धारा जडान, सरसफाइ तथा उपभोक्ताको हितमा गर्नुपर्ने विभिन्न कामका विषयमा छलफल गर्दै नयाँ कार्यसमिति समेत चयन गरेको छ। समितिका अध्यक्ष बलराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न […]
पूरा पढ्नुहोस्






