प्रदेश

नुवाकोट बाढीमा बेपत्ताको खोजी जारी, ११ दिनपछि सकुशल उद्धारले बढायो आशा

त्रिशूली (नुवाकोट)। भोटेकोशी बाढीका कारण गम्भीर रूपमा प्रभावित नुवाकोटमा हराइरहेका नागरिकको खोज तथा उद्धार कार्यलाई थप तीव्र र सूक्ष्म बनाइएको छ। बाढी आएको ११ दिनपछि शनिबार विदुर नगरपालिका-१० वेत्रावतीबाट ६४ वर्षीया एक महिलाको सकुशल उद्धार गरिएपछि बेपत्ता भएका अन्य व्यक्तिहरूलाई पनि बचाउन सकिने आशा जगाएको छ। विदुरमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सूचना तथा […]

पूरा पढ्नुहोस्

काठमाडौं उपत्यकामा २४ घण्टामा ८९८ चालक कारबाहीमा

काठमाडौं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा नियम उल्लङ्घन गर्ने ८९८ जना सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। मङ्गलबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा चलाइएको विशेष जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन्। कारबाहीमा पर्नेहरूमध्ये तीव्र गतिमा सवारी चलाउने ११८ जना, मादक पदार्थ सेवन (मापसे) गरी चलाउने ८० जना, सीसीटीभीमार्फत पहिचान भएका ८१ जना र रातोबत्ती उल्लङ्घन गर्ने […]

पूरा पढ्नुहोस्

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारीलाई सास्ती, बजारसम्म पुर्‍याउनै सकस

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ। स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिकजसो सुर्खेत, नेपालगन्ज, बुटबल, चितवन, पोखरा, काठमाडौँ, वीरगन्जलगायत देशका प्रमुख सहरमा पुगिरहेका छन्। अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ। तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी […]

पूरा पढ्नुहोस्

आजको मौसम पूर्वानुमान: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको […]

पूरा पढ्नुहोस्

रसुवामा विद्युत् पुनःस्थापना तीव्र, ७८ प्रतिशत घरधुरीमा सेवा सुचारु

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ । मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद धादिङमा करिब ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ । बाँकी क्षेत्रमा […]

पूरा पढ्नुहोस्

भोटेकोशीको बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजनामा क्षति, ६४ करोड नोक्सानीको अनुमान

काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाका गरी कुल ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन्। बाढीबाट पुगेको क्षतिको प्रारम्भिक विवरणअनुसार करिब ६४ करोड रुपैयाँ बराबरको भौतिक नोक्सानी भएको अनुमान गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीको सबैभन्दा ठूलो असर नुवाकोटमा परेको छ, […]

पूरा पढ्नुहोस्

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र पहाड-तराईका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले देशका अधिकांश भूभागमा मौसमी बदली र वर्षाको गतिविधि जारी छ। अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको […]

पूरा पढ्नुहोस्

गोरखामा भीषण बाढी : चार घर र फलामे पुल बगायो

गोरखा । गोरखाको उत्तरी चुमनुब्री गाउँपालिका-४ स्थित नाम्रुङ खोलामा गएराति ३ बजेतिर आएको भीषण बाढीले स्थानीय चारवटा घर र पुल बगाएको छ। लेदोसहित आएको बाढीले नाम्रुङका नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएर क्षति पुर्‍याएको हो। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठका अनुसार बाढी आउँदै गरेको थाहा […]

पूरा पढ्नुहोस्

डुम्रे–बेसीसहर सडक दुई लेनमा विस्तार हुँदै

लमजुङ डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक विस्तारको काम भइरहेको छ। उक्त खण्डमा करिब ८.९ किलोमिटर सडक विस्तार एवं कालोपत्रको काम धमाधम अघि बढेको छ। उक्त सडक निर्माणको जिम्मा पिके निर्माण सेवा दाङले लिएको छ। रु ६२ करोडमा ठेक्का सम्झौता भएको सडकखण्डको हालसम्म करिब ३२ प्रतिशत भौतिक प्रगति भएको डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना […]

पूरा पढ्नुहोस्

स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

भद्रपुर– उमेर ढल्किँदै गएपछि स्वास्थ्य समस्या थपिँदै जान्छ । उपचारका लागि स्वास्थ्य संस्था पुग्न सक्ने अवस्था नहुँदा धेरै ज्येष्ठ नागरिक सामान्य समस्या लिएर घरमै बस्न बाध्य हुन्छन् । यहाँको अर्जुनधारा नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीलाई टोलटोलमा पठाउन थालेको छ । अर्जुनधारा–८ को शनिश्चरे चोकस्थित ज्येष्ठ नागरिक चौतारी यसको उदाहरण बनेको छ । दिनहुँ ज्येष्ठ […]

पूरा पढ्नुहोस्