समाज
आज हरितालिका तीजः व्रत बस्ने सही तरिका के हो?
काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका […]
पूरा पढ्नुहोस्
आज तीजको दर खाने दिन
काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाँदै छन् । दर खाएसँगै आजदेखि चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुँदै छ । विशेष गरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाने परम्परा छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने गर्छन् । दरका […]
पूरा पढ्नुहोस्
आज कुशेऔँसी : बाबुको मुख हेर्ने दिन
काठमाडौं– कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र […]
पूरा पढ्नुहोस्
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ बसी रातभर […]
पूरा पढ्नुहोस्
आज जनैपूर्णिमा पर्व मनाइँदै
काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । […]
पूरा पढ्नुहोस्आज नागपञ्चमी पर्व मनाइँदै
काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइँदैछ । यस दिन घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर पूजाआजा गर्ने परम्परा छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । घरको ढोकामा नागको तस्वीर टाँस्दा वर्षभरि नाग, सर्प र बिच्छीलगायतका जीवले […]
पूरा पढ्नुहोस्
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
काठमाडौँ–आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्रचलन प्राचीनकालदेखिकोे मौलिक परम्पराका रुपमा रहिआएको छ ।साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा गरमसलालगायत चिजबिज हालेर बनाइने […]
पूरा पढ्नुहोस्
आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको बताइन्छ । अन्धकारको नाश गरी […]
पूरा पढ्नुहोस्
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ – आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई […]
पूरा पढ्नुहोस्
निर्जला एकादशी पर्व आज: देशभर श्रद्धापूर्वक मनाइँदै, तुलसीको दल राख्ने प्रचलन
काठमाडाैं। सनातन धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व निर्जला एकादशी आज देशभरी श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाइँदैछ। वैदिक पञ्चाङ्ग अनुसार ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथिलाई निर्जला एकादशी भनिन्छ। हिन्दू धर्मशास्त्रहरूमा वर्षभरि पर्ने २४ वटा एकादशीहरूमध्ये यस एकादशीलाई सबैभन्दा बढी पुण्यदायी, फलदायी र महत्वपूर्ण व्रतका रूपमा व्याख्या गरिएको छ। आजको विशेष दिनमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूले गङ्गा, बागमती, विष्णुमतीसहित […]
पूरा पढ्नुहोस्






