स्वास्थ्य – जीवनशैली
घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्यो ‘खोज र नष्ट गर’ अभियान
काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो र काठमाडौँ उपत्यकालगायत तराईका जिल्लामा एडिस जातिको पोथी लामखुट्टेको एउटा टोकाइले हजारौँलाई थला पार्थ्यो। तर, यो वर्ष दृश्य अलि फेरिएको छ। तथ्यांकको अवस्थालाई हेर्दा नेपालमा डेंगुको ग्राफ उल्लेख्य रूपमा घट्दो क्रममा छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार सन् २०२६ को जनवरीदेखि जुलाई […]
पूरा पढ्नुहोस्
हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट कसरी बच्ने ?
काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व हेपाटाइटिस दिवस’ मनाइँदै आएको छ । भाइरल हेपाटाइटिसको जोखिम न्यूनीकरण गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसलाई गोलबद्ध गराउने उद्देश्यका साथ यस वर्ष पनि मनाइँदै छ । वर्तमान समयमा भाइरल हेपाटाइटिस विश्वव्यापी रूपमा एक विकराल र खतरनाक स्वास्थ्य समस्या बन्दै गएको छ । कलेजो सुन्निनु […]
पूरा पढ्नुहोस्
राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
दाङ० –तुलसीपुरको प्रमुख पर्यटकीयस्थल राप्ती शान्ति उद्यानको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले अब शनिबारका दिनमा निःशुल्क रूपमा आँखा जाँच सेवा पाउने भएका छन् ।तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरमा अवस्थित सो उद्यान अवलोकन गर्न आउने बाह्य तथा आन्तरिक पर्यटकले राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोग तथा राप्ती शान्ति उद्यानको साझेदारीमा पर्यटकले निःशुल्क आँखा उपचार सेवा पाउने […]
पूरा पढ्नुहोस्
‘साइलेन्ट किलर’ बन्दै रेबिज : सरकारको ढिलासुस्ती र बेवास्ताले देशैभर छैन खोप
काठमाडौं- काठमाडौँको चन्द्रागिरिका एकजना ४८ वर्षीय पुरुषलाई केही महिनाअघि घरकै सानो कुकुरले टोक्यो । घाउ सानो थियो, रगत पनि धेरै बगेको थिएन । आफ्नै घरको कुकुर त हो नि, के नै होला भन्दै खोप नलगाई बेवास्ता गरेर बसे। तर, समयसँगै उनको शरीरमा रेबिजको भाइरस फैलिसकेको थियो । उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) […]
पूरा पढ्नुहोस्
गर्भाधानअघि बुवाको मदिरा सेवनले सन्तानमा ल्याउन सक्छ जन्मजात स्वास्थ्य जोखिम
गर्भावस्थामा आमाले मदिरा सेवन गर्दा हुने जोखिमबारे दशकौँदेखि चर्चा हुँदै आएको छ। वैज्ञानिकहरूले ५० वर्षभन्दा बढी समयदेखि गर्भावस्थामा मदिरा सेवनले भ्रूणको विकासमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिँदै आएका छन्। हालका अध्ययनहरूले त हप्तामा केवल एकपटक मदिरा सेवन गर्दा पनि बच्चाको मस्तिष्क विकास, संज्ञानात्मक क्षमता, व्यवहार र अनुहारको बनावटमा प्रभाव पर्न सक्ने देखाएका छन्।तर अहिले […]
पूरा पढ्नुहोस्
आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ : मन्त्री मेहता
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिंहदरबार वैद्यखानाको अनुगमन गरेकी छन्। उनले आज अनामनगरस्थित वैद्यखाना पुगेर अनुगमन तथा छलफल गरेका हुन्। वैद्यखानाको सुधारको लागि मन्त्रालय सधैँ तत्पर रहेको उल्लेख गर्दै मन्त्री मेहताले मुलुकलाई आवश्यक पर्ने आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्ने बताइन्। वैद्यखानाको क्षमता अभिवृद्धि, औषधि उत्पादन तथा बजार प्रवर्द्धन गर्न तत्काल गर्नुपर्ने सुधारका […]
पूरा पढ्नुहोस्
म्याद गुज्रिएको औषधि र जथाभावी टुक्र्याएर खाने बानी स्वास्थ्यका लागि जोखिमपूर्ण
काठमाडौं। घरमा रहेको पुरानो औषधि म्याद हेर्नै नहेरी सेवन गर्ने तथा औषधिलाई आधा–आधा टुक्र्याएर खाने प्रवृत्ति नेपाली समाजमा सामान्यजस्तै बनेको छ। तर यस्ता बानीले औषधिको प्रभावकारितामा कमी ल्याउनुका साथै स्वास्थ्यमा प्रतिकूल असरसमेत पार्नसक्ने जनरल फिजिसियन डा. संकल्प केसीले बताएका छन्। अरिन हस्पिटलमा कार्यरत डा. केसीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा सबै औषधि टुक्र्याएर खान नमिल्ने र […]
पूरा पढ्नुहोस्
१३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवन- चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने […]
पूरा पढ्नुहोस्
हुम्लामा पनि डेंगुका बिरामी फेला
हुम्ला। जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित फेला परेका छन्। अस्पतालमा उपचाररत सिमकोट गाउँपालिका–२ का ४५ वर्षीय मोती सुनारको स्वाब परीक्षण गर्दा डेङ्गु पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताए। उनका अनुसार सुनार तीन दिनअघि उपचारका लागि जिल्ला अस्पतालमा आएका थिए। हाल अस्पतालमै भर्ना गरेर उनको उपचार भइरहेको छ। परीक्षणका क्रममा […]
पूरा पढ्नुहोस्
आँखा उपचार शिविरमा एक हजारभन्दा बढीले लिए सेवा
खोटाङ। नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविरमा एक हजार १३९ जनाले सेवा लिएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वय तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा चैत १९ देखि शनिबारसम्म शिविर सञ्चालन गरिएको थियो। त्यस क्रममा एक सय ४९ जनाको आँखाको शल्यक्रिया, चार सय ८५ ज्येष्ठ […]
पूरा पढ्नुहोस्






