शिक्षा

काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिस समिति गठन, को-को छन् सदस्य?

काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ। विश्वविद्यालयको १०१ औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति चयनका लागि योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा मंगलबार सम्पन्न सिनेट बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको […]

पूरा पढ्नुहोस्

नेपालको शिक्षा क्षेत्रमा लगानी बढाउन नर्वे उत्सुक

काठमाडाैं। नेपालको विद्यालय शिक्षा र प्रविधिको विकासमा नर्वे सरकारले आफ्नो सहयोग र साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल र नेपालका लागि नर्वेका राजदूत डागनी म्योसबीच सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको शैक्षिक सहकार्यका विविध आयामबारे गहन छलफल भएको हो। भेटका क्रममा विशेष गरी नेपालको […]

पूरा पढ्नुहोस्

देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको छ । यहाँ रहेका विभिन्न गुरुकूलमा अध्ययनका लागि विद्यार्थीको आकर्षण बढेको हो । देवघाट गाउँपालिका–५ स्थित श्रीहरिहर सन्यास आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकूल विद्यापिठमा ३० जनाका लागि भर्ना खुलाउँदा १८९ जनाले प्रवेश परीक्षाका लागि फारम भरेका छन् । विद्यापीठमा प्रवेश परीक्षामार्फत ३० जना विद्यार्थी छनोट […]

पूरा पढ्नुहोस्

कक्षा १२ को परीक्षा आजबाट : ४ लाख १८ हजार परीक्षार्थी सहभागी, जापानसहित १ हजार ४२१ केन्द्र कायम

काठमाडौं। यस वर्षको कक्षा १२ को परीक्षा आजबाट सुरु हुँदैछ। परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदैछन्। आजबाट सुरु हुने परीक्षामा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिँदैछन्। जसमध्ये १ लाख ७२,०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० परीक्षार्थीले सहभागी हुँदैछन्। […]

पूरा पढ्नुहोस्

शिक्षामा बेलाको बोली सार्वजनिक

काठमाडौं । प्रा. डा. विद्यानाथ कोइराद्वारा लिखित पुस्तक शिक्षमा बेलाको बोली लोर्कापण सम्पन्न भएको छ। त्रिभुवन विश्व विद्यालयमा शिक्षा शास्त्रका डिन डा. वेदराज आचार्य, नेपाल सरकारका पूर्व सचिव डा. हरि लम्साल, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. रुपा मुनाकर्मी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिलापत्र डटकमका सम्पादक योगेश ढकालले संयुक्त रुपमा लोकार्पण गरेका हुन्। लोकार्पण सँगै […]

पूरा पढ्नुहोस्

प्रवेशपत्र नआउँदा जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट बन्चित

जाजरकोट। भोलिदेखि देशैभर सुरु हुन लागेको कक्षा १२ को परीक्षाको पूर्वसन्ध्यामा जाजरकोटका केही विद्यार्थी प्रवेशपत्र नआएका कारण परीक्षाबाट वञ्चित हुने अवस्थामा पुगेका छन्। आवश्यक सबै प्रक्रिया पूरा गर्दा पनि प्रवेशपत्र नपाएपछि विद्यार्थी र अभिभावक अन्योलमा परेका छन्। कुशे गाउँपालिका–२, टालेगाउँस्थित श्री मान्ने ढुंगा माध्यमिक विद्यालयका अनुसार यसवर्ष कक्षा १२ को परीक्षामा सहभागी हुने तयारीमा रहेका […]

पूरा पढ्नुहोस्

स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको कार्यान्वयनका क्रममा विद्यालय समायोजन र नयाँ स्थापना गरिएका विद्यालयको विवरण मागेको छ। केन्द्रले सबै स्थानीय तहलाई पत्राचार गरेर मन्त्रिपरिषद्को गत चैत १३ को बैठकको निर्णयमा रहेको १०० बुँदे कार्यसूचीअन्तर्गत पर्ने विद्यालय शिक्षा क्षेत्रका विषयबारेको विवरण मागेको हो। केन्द्रले […]

पूरा पढ्नुहोस्

विद्यालयहरूप्रति मन्त्रालयको एक्सन : छात्रवृत्ति विवरण सार्वजनिक गर्नुहोला

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरुलाई समन्वय एवं सहजिकरण गर्न अनुरोध गरेको छ। मन्त्रालयले सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान […]

पूरा पढ्नुहोस्

अभिभावकले वैशाख महिनाको पठनपाठन शुल्क तिर्न नपर्ने

काठमाडाै : निजी विद्यालयले आगामी वैशाख महिनाको शुल्क लिन नपाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता महेन्द्र पराजुलीले सरकारले नै वैशाख २१ गतेदेखिमात्रै पठनपाठन थाल्ने निर्णय गरेकाले वैशाख महिनाको कुनै पनि शुल्क अभिभावकहरूले तिर्न नपर्ने जानकारी दिए। सरकारले वैशाख १५ देखि भर्ना थालेर  वैशाख २१ गतेदेखिमात्रै पठनपाठन थाल्ने […]

पूरा पढ्नुहोस्

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग जोडिएको शिक्षा देशका लागि आवश्यक भएको बताएका छन्। गण्डकी विश्वविद्यालयको आज आयोजित प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले वैज्ञानिक अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग जोडिएको शिक्षा प्रणालीले मात्र देशको आर्थिक विकासमा योगदान पुर्‍याउन सक्ने बताए। उनले शिक्षा प्रणाली रोजगारी सिर्जना गर्ने उद्योग–व्यवसायसँग जोडिने किसिमको […]

पूरा पढ्नुहोस्