१४ मंसिर २०८३, आईतवार ०७:३५
काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १०३, सिसिटिभिमार्फत ३५, रातोबत्तीमा ३६ जना चालकलाई कारबाही गरिएको छ ।यसैगरी, तीव्रगतिमा ११३, हर्न निषेधमा १६, लेन क्रस ३ जना, एकतर्फि ८, अवस्था ठिक नभएको २५ र अन्यमा ३३६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।









प्रतिकृया दिनुहोस्