चितवन, रत्ननगर–१३, जयमंगलास्थित शिक्षा विकास इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थीहरूको कराते ग्रेडिङ तथा नेपाल वादरियो कराते चितवनको दोस्रो अधिवेशन सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थीहरूको स्तरअनुसार येलो, रेड र ग्रीन बेल्ट प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाल वादरियो करातेका केन्द्रीय अध्यक्ष हरिशरण के.सी.ले कराते खेलले स्वस्थ जीवनशैली निर्माणसँगै अनुशासन, आत्मविश्वास र उत्कृष्ट खेलाडी बन्न सहयोग पुर्याउने बताउनुभयो। उहाँले विद्यार्थीलाई खेलकुदमा सक्रिय हुँदै कराते प्रशिक्षण लिन आग्रह गर्नुभयो।
त्यस्तै, नेपाल स्काउटका पूर्व राष्ट्रिय आयुक्त इन्दु शिवेदीले स्काउट शिक्षामार्फत विद्यार्थीमा अनुशासन, सेवा भावना र नेतृत्व विकास गर्न सकिने बताउँदै समाज सुधारका कार्यमा सक्रिय हुन प्रेरित गर्नुभयो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल धनप्रसाद रेग्मी, शिक्षक–अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे तथा स्काउट शिक्षिका सिर्जना सिंखडाले मन्तव्य राख्नुभएको थियो।
विद्यालयले कराते र स्काउटमार्फत विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा जोड दिँदै आएको जनाएको छ।
करातेबाट स्वास्थ्य र अनुशासन, स्काउटबाट सेवा र नेतृत्व—विद्यार्थीको सर्वाङ्गीण विकासमा शिक्षा विकास स्कुलको निरन्तर दिइरहेको छ।









प्रतिकृया दिनुहोस्