चितवन विशेष

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१८, गुञ्जनगरमा मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शारदानगर टाउनबाट बाबुराम चोकतर्फ जाँदै गरेको ना ६३ प ३८०१ नम्बरको मोटरसाइकलको ठक्करबाट भरतपुर–१८ बस्ने ७९ वर्षीया चन्द्रकुमारी थापा र मोटरसाइकल चालक भरतपुर–२१ बस्ने ४० वर्षीय कर्णबहादुर थापामगर घाइते भएका थिए । पैदलयात्री थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकोमा उपचारको […]

पूरा पढ्नुहोस्

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा देखिएको छ । हवाई यात्रा महँगो र असुरक्षित भएपछि  नेपाल घुम्न आउन लागेका धेरै पर्यटकले यात्रा रद्द गरेका छन् । भारत, चीन र अष्ट्रेलियाबाहेकका देशबाट यहाँको सौराहा क्षेत्रमा घुम्न आउने पर्यटकले यात्रा रद्द गरेको व्यवसायीहरू बताउँछन् । विगतका वर्षमा यतिबेला सौराहाका होटलहरू ८० प्रतिशत हाराहारी […]

पूरा पढ्नुहोस्

चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

चितवन–चितवनको रत्ननगर नगरपालिका–९, निपनी चोकमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (सोमबार) दिउँसो करिब ३ः२५ बजे खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु २ ख २८९४ नम्बरको डिजेल बोकेको तेलको ट्याङ्करले भित्री सडकबाट मुख्य सडकमा निस्कँदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।दुर्घटनामा स्कुटरको पछाडि […]

पूरा पढ्नुहोस्

रत्ननगर जेसीजद्वारा चैत १३ मा सामूहिक ब्रतबन्ध कार्यक्रम आयोजना

रत्ननगर— युवा नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय सामाजिक संस्था रत्ननगर जेसीजले यस वर्ष पनि ‘सामूहिक ब्रतबन्ध’ कार्यक्रम आयोजना गर्ने भएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जेसीजले यही चैत १३ गते कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको हो। रत्ननगर जेसीज वर्ष २०२६ का अध्यक्ष सविन मानन्धरका अनुसार सन् १९९९ मा स्थापना भएको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत परम्परा […]

पूरा पढ्नुहोस्

चैत ५ गतेदेखि १९ सम्म कसरामा विक्रमबाबा पूजापाठ हुने

चितवन :  हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको कसरामा विक्रमबाबा पूजास्थल रहेको छ । राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेषगरी थारू […]

पूरा पढ्नुहोस्

माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन–यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको छ । स्थानीय भू–उपयोग परिषद माडी नगरपालिकाले यहाँको भूमिलाई ७ भागमा बर्गीकरण गरेको छ । नगरपालिकाले भू उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमीनको बर्गीकरण गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालका अनुसार यहाँ सबैभन्दा धेरै जङगल रहेको छ । नगरपालिकामा २१ हजार […]

पूरा पढ्नुहोस्

ग्यास वितरण पारदर्शी बनाउन चितवनमा नयाँ व्यवस्था

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ । बजारमा ग्यासको आपूर्ति तथा वितरणमा देखिएका समस्यालाई समाधान गर्न शुक्रबार सरोकारवालासँगको छलफलपछि प्रशासनले ग्यास वितरणलाई आवश्यकतामुखी बनाउने तथा सम्भावित अनियमितता नियन्त्रण गर्न विशेष निगरानी बढाउने भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा हस्ताक्षरित सूचनाअनुसार […]

पूरा पढ्नुहोस्

चितवनमा ६० मिलिमिटर भन्दा बढी वर्षा

चितवन– जल तथा मौसम विज्ञान विभागको पछिल्लो तीन घण्टाको विवरण अनुसार चितवनमा ६० मिलिमिटर भन्दा बढी वर्षा भएको छ । विभागका अनुसार दिउँसोदेखि चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ। सबैभन्दा धेरै पछिल्लो ३ घण्टामा उदयपुरमा ८२.२ मिलिमिटर वर्षा भएको छ । यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ । मापनका हिसाबले तीनवटै ठाउँमा […]

पूरा पढ्नुहोस्

रत्ननगरको सार्वजनिक सुनुवाई : नगरबासीको प्रश्न भन्दा सुझाब बढी

रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक बर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई विहीबार गरिएको छ । नगरपालिकाले गरेको विकास निर्माणमा भएको वित्तीय तथा भौतिक प्रगति सार्वजनिक गर्ने र नगरबासीको सुझाब तथा अपेक्षा संकलन गरी सोही अनुसार नगरका गतिविधि अगाडि बढाउने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो । रत्ननगर वडा नं १६ वडा कार्यालयको प्राङगढमा आयोजना गरिएको […]

पूरा पढ्नुहोस्

चितवन-३ मा सोविता गौतमको प्रारम्भिक अग्रता

काठमाडाैं। चितवन क्षेत्र-३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन्। शुक्रबार बिहान ५ बजेसम्म सविताले ९२५ मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले ६७९ मत प्राप्त गरेकी छन्। नेकपा एमालेका उम्मेदवार शंकर थपलिया २०२ मत प्राप्त गर्दै तेस्रो स्थानमा […]

पूरा पढ्नुहोस्