२९ फाल्गुन २०८२, शुक्रबार ०७:२६
चितवन– जल तथा मौसम विज्ञान विभागको पछिल्लो तीन घण्टाको विवरण अनुसार चितवनमा ६० मिलिमिटर भन्दा बढी वर्षा भएको छ ।
विभागका अनुसार दिउँसोदेखि चितवन, गोरखा र उदयपुरमा भारी वर्षा भएको छ।
सबैभन्दा धेरै पछिल्लो ३ घण्टामा उदयपुरमा ८२.२ मिलिमिटर वर्षा भएको छ ।
यस्तै गोरखामा ८० मिलिमिटर वर्षा भएको छ ।
मापनका हिसाबले तीनवटै ठाउँमा भारी वर्षा हो । उदयपुरको कटारी र गोरखाको बारपाकमा बढी वर्षा भएको छ ।
चौबीस घण्टामा ५० मिलिमिटर माथिको वर्षालाई भारी वर्षामा गणना गरिन्छ ।
अन्य क्षेत्रमा पनि पानी परिरहेको विभागले जनाएको छ ।
विभागका अनुसार लमजुङ, मकवानपुर, सिन्धुपाल्चोक, संखुवासभा, इलाम, सोलुखुम्बु, मुस्ताङ, बर्दिया, कास्कीलगायत जिल्लामा पनि वर्षा भएको छ ।
यो वर्षापछि प्रदूषण केही कम हुने अनुमान गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।








प्रतिकृया दिनुहोस्