रत्ननगर । चितवनको रत्ननगर नगरपालिका–९, मोहनामा रहेको महोवन टोल विकास संस्थाले विजयादशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष धनञ्जय शर्माको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा बालबालिका तथा महिलाका लागि विभिन्न मनोरञ्जनात्मक प्रतियोगिता सञ्चालन गरिएको थियो।
कार्यक्रमअन्तर्गत बालबालिकातर्फको सियो–धागो प्रतियोगितामा रोहित शर्मा प्रथम, ईश्वर अगस्ति द्वितीय र आस्था ढुंगाना तृतीय भए। त्यस्तै महिलातर्फको सियो–धागो प्रतियोगितामा लक्ष्मी घिमिरे प्रथम, सम्झना अगस्ति द्वितीय र गोमा घिमिरे तृतीय भएका छन ।
त्यसैगरी, पिठोमा बिस्कुट खोज्ने प्रतियोगितामा सीतादेवी शर्मा प्रथम, नम्रता शर्मा द्वितीय र आरुसी बस्ती तृतीय भए भने घैँटो फुटाउने प्रतियोगितामा पुरुषतर्फ पुनाराम शर्मा र महिलातर्फ नम्रता शर्मा विजयी भएका छन ।
बालबालिकातर्फ आयोजित म्युजिकल चियर प्रतियोगितामा निश्चल शर्मा प्रथम, नितिज्ञा शर्मा द्वितीय र रोहित शर्मा तृतीय हुन सफल भएका छन ।
चाडपर्वको अवसरमा आयोजित कार्यक्रमले टोलवासीबीच आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष शर्माले बताए ।











प्रतिकृया दिनुहोस्