कालिका, चितवन। विजयादशमी २०८३ को अवसर तथा स्वर्गीय कृष्णबहादुर पाख्रिनको दोस्रो स्मृतिमा पाख्रिन टोल विकास संस्था, कालिका नगरपालिका–६ द्वारा आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा नन्दु गुरुङ र शेरबहादुर पुलामीको जोडी प्रथम हुन सफल भयो। प्रथम भएको जोडीले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
त्यस्तै, रामहरि केसी र समर गुरुङको जोडी द्वितीय भयो। उक्त जोडीले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने लसो कन्सल्टेन्सी भरतपुरका सन्तोष गोले, लगायत , सन्देश पन्त, सम्बत बस्नेत र भैरव बगालेले जनही वा सामूहिक रूपमा पुरस्कार प्राप्त गरेको विवरण आयोजकबाट पुष्टि हुन बाँकी छ। उनीहरूलाई नगद पाँच हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा शेरबहादुर पुलामी उत्कृष्ट खेलाडी घोषित भए भने आदित्य जंग रायमाझीले रेफ्रीको भूमिका निर्वाह गरेका थिए।
खेलकुदको विकास, आपसी सद्भाव, भाइचारा र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक अष्टलाल पाख्रिनले बताए। प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको उनले बताए।
विजयादशमीको उल्लासमय वातावरणमा आयोजना गरिएको यस प्रतियोगिताले स्थानीयस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुका साथै युवापुस्तालाई खेलकुदप्रति आकर्षित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रतियोगितामा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी प्रमुख अतिथि तथा ज्ञानु गिरी विशिष्ट अतिथि रहेका थिए। त्यस्तै, कालिका नगरपालिका–६ का वडाध्यक्ष टीकाराम रेग्मी, रत्ननगर नगरपालिका–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी, रत्ननगर नगरपालिका–१५ का वडाध्यक्ष आशिक तामाङ, पूर्वकर्णेल मनबहादुर लामा, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक सुजन आचार्य, लोशन तामाङलगायतको उपस्थिति रहेको थियो।











प्रतिकृया दिनुहोस्