९ चैत्र २०८२, सोमबार १८:०३
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१८, गुञ्जनगरमा मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
शारदानगर टाउनबाट बाबुराम चोकतर्फ जाँदै गरेको ना ६३ प ३८०१ नम्बरको मोटरसाइकलको ठक्करबाट भरतपुर–१८ बस्ने ७९ वर्षीया चन्द्रकुमारी थापा र मोटरसाइकल चालक भरतपुर–२१ बस्ने ४० वर्षीय कर्णबहादुर थापामगर घाइते भएका थिए ।
पैदलयात्री थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकोमा उपचारको क्रममा आइतबार बेलुकी ४ः४५ बजेको समयमा मृत्यु भएको हो । मृतकको शव मुचुल्कापश्चात् भरतपुर अस्पतालमा पठाइएको छ ।
मोटरसाइकल चालकको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारपश्चात् डिस्चार्ज भई घर फर्किएकोमा नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिकृया दिनुहोस्