चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीसँग कुनै पनि प्रकारको बिचौलिया प्रयोग तथा घुस लेनदेन नगर्न कडाइका साथ निर्देशन दिएको छ।
जिल्ला प्रशासनले सूचना जारी गर्दै सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रदान हुने सेवाहरूलाई थप पारदर्शी, सरल र प्रभावकारी बनाउन यस्तो कदम चालिएको जनाएको हो।
गृह मन्त्रालयको नीतिअनुसार सेवा प्रवाहलाई पूर्ण रूपमा बिचौलियामुक्त बनाउन सबै कार्यालयलाई निर्देशन दिइएको प्रशासनले जनाएको छ। सेवाग्राहीले प्रत्यक्ष रूपमा, सहज र सरल तरिकाले सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्न सेवा प्रवाह प्रणाली सुधार गर्न समेत अनुरोध गरिएको छ।
प्रशासनका अनुसार कुनै पनि व्यक्तिले सेवा लिने क्रममा बिचौलियाको प्रयोग गरेको पाइएमा वा अनियमितता भएको जानकारी आएमा सम्बन्धित निकायमा उजुरी दिन आग्रह गरिएको छ। यस्ता गतिविधिमा संलग्न हुनेमाथि प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।





प्रतिकृया दिनुहोस्