राजनीति
राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनाल : ‘हामीले नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’
काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा रहेका मुलुकको साझा आवाजलाई सशक्त बनाउन हिमाली र साना टापु राष्ट्रबीच सुदृढ सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका अवसरमा आयोजित ‘जलवायु जोखिममा रहेका राष्ट्रहरूको मञ्च’को बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु न्याय सुनिश्चितताका लागि सामूहिक पहलको अपरिहार्यता औंल्याएका हुन् । […]
पूरा पढ्नुहोस्
कालिका कांग्रेसको नगर सभापतिमा रमेशजंग थापा निर्वाचित
कालिका। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नं. २ मा पर्ने कालिका नगरपालिकाको नगर अधिवेशनबाट रमेशजंग थापा नगर सभापतिमा विजयी भएका छन्। नगर सभापति पदका लागि भएको निर्वाचनमा कुल २८४ मत खसेको थियो। प्राप्त मत परिणामअनुसार रमेशजंग थापाले १९३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी आत्माराम बास्तोलाले ७६ मत प्राप्त गरेका छन्। मत […]
पूरा पढ्नुहोस्
कांग्रेस भरतपुर महानगर सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित
भरतपुर । नेपाली काँग्रेस भरतपुर महानगरको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित भएका छन । बुधबार भएको निर्वाचनको परिणामअनुसार १२३२ मत खसेको थियो । न्यौपानेले ६ सय ६० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी ज्योती प्रसाद कँडेलले ४ सय १३ मत ल्याए भने अर्का प्रतिष्पर्धी कृष्ण बिलास अधिकारीले १ सय ५९ मत ल्याए । […]
पूरा पढ्नुहोस्
कांग्रेस भरतपुर महानगरको महिला उपसभापति र सह–सचिवमा निर्विरोध चयन
चितवन–नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तरगत आज चितवनमा गाउँ/नगर अधिवेशन जारी छ । चितवनको एक मात्र महानगर भरतपुरको नेतृत्वका लागि अहिले दिउँसोबाट मतदान जारी छ । तर पदाधिकारी मध्ये महिला उपसभापति र सह–सचिव भने निर्विरोध निर्वाचित भएका छन् । महिला उपसभापतिमा उम्मेदवारी दर्ता गराएकी कल्पना पौडेल र सह–सचिवमा उम्मेदवारी दिएका देउबहादुर थापा मगर निर्विरोध निर्वाचित भएको […]
पूरा पढ्नुहोस्
परराष्ट्रमन्त्री खनाल र हुकरबीच भेट, भोटेकोशी बाढीमा छलफल
काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच न्युयोर्कमा शिष्टाचार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा आयोजित साइडलाइन बैठकमा दुवै नेताबीच द्विपक्षीय हितका विषयमा छलफल भएको हो। भेटका क्रममा नेपाल-अमेरिकाबीचको सात दशकभन्दा लामो मैत्रीपूर्ण सम्बन्धका विविध पक्षका साथै सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको थियो। […]
पूरा पढ्नुहोस्
दुईमहिने विशेष अभियान सञ्चालनको तयारीमा नेकपा
काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा मङ्गलबार बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने तथा त्यसको विस्तृत योजना आगामी सचिवालय बैठकले तय गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । मा पार्टी संयोजक दाहाल र […]
पूरा पढ्नुहोस्
कांग्रेसको पालिका अधिवेशन आज देशभर हुँदै
काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो । केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मङ्गलबार अधिवेशन […]
पूरा पढ्नुहोस्
आज प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् कार्यसूचीमा ?
काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् । यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) […]
पूरा पढ्नुहोस्
न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच भेट
– परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल सिकोरस्कीसँग भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा भएको द्विपक्षीय भेटवार्तामा नेपाल–पोल्यान्ड सम्बन्धका विविध पक्षमा छलफल भएको हो। भेटमा दुवै पक्षले दुई देशबीच बढ्दो सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गर्नुभएको थियो। साथै, आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठक बस्दै, आज के–के छन् कार्यसूचीमा ?
काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, […]
पूरा पढ्नुहोस्







