राजनीति

रास्वपा सभापति लामिछाने र भारतका प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौँ- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार] भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । भ्रमणका क्रममा लामिछानेले मंगलबार नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा त्यहाँको शीर्ष नेतृत्वसँग महत्त्वपूर्ण राजनीतिक तथा कूटनीतिक छलफल गरेका छन् । उनले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, महासचिव अरुण सिंह, विदेश […]

पूरा पढ्नुहोस्

ट्रेड युनियन कांग्रेसको टोली आयोगमा, सरकारले ट्रेड युनियन अधिकारलाई संकुचन खोजेको आरोप

काठमाडौं। सरकारले ट्रेड युनियन अधिकारलाई संकुचन गर्न खोजेको भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार राष्ट्रिय मानव अधिकार आयोग ध्यानाकर्षण गराएको छ। ट्रेड युनियन कांग्रेसको एक प्रतिनिधि मण्डलको टोलीले आयोगका अध्यक्ष तप बहादुर मगरसँग भेटवार्ता गर्दै वर्तमान सरकारले विना संवाद विभिन्न निर्णयहरु गरिएकोप्रति ध्यानाकर्षण गराएको हो। भेटका क्रममा निजामति क्षेत्रको ट्रेड युनियन खारेजी गरेको, सरकार मातहतको […]

पूरा पढ्नुहोस्

रास्वपा सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता

याँ दिल्ली। भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्। बिहीबार नयाँ दिल्लीमा भएको उक्त भेटघाटका क्रममा नेपाल-भारत द्विपक्षीय हित र आपसी सम्बन्धका विविध आयामबारे छलफल भएको जनाइएको छ। भेटमा भारतीय विदेशसचिव मिस्री पनि सहभागी द्विपक्षीय वार्तामा भारतीय विदेशमन्त्री जयशंकरका साथै विदेशसचिव विक्रम […]

पूरा पढ्नुहोस्

संसदीय भूमिका सशक्त बनाउन कांग्रेसको रणनीति: भीष्मराजको नेतृत्वमा ‘छाया सरकार’ गठन

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गतिविधिमाथि सूक्ष्म निगरानी राख्न र संसदीय भूमिकालाई थप सशक्त बनाउन ‘छाया सरकार’ गठन गरेको छ। यसै साता सार्वजनिक गरिएको खाकाअनुसार कांग्रेसले आफ्ना प्रमुख नेताहरूलाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिँदै छाया मन्त्रीका रूपमा अघि सारेको छ। यस रणनीतिअन्तर्गत संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई छाया प्रधानमन्त्रीको मुख्य जिम्मेवारी सुम्पिएको छ, जसको […]

पूरा पढ्नुहोस्

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा २१ बुँदे निर्देशन: १८ महिना नाघेका मुद्दा शून्यमा झार्ने समयसीमा

काठमाडौं। नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको छवि सुधार र प्रभावकारी न्याय सम्पादनका लागि उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशहरूलाई २१ बुँदे कडा निर्देशनात्मक आदेश जारी गरेका छन्। आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादनका साथै सुशासनयुक्त न्याय प्रशासनको उच्च अपेक्षा राखेकाले न्यायालयप्रतिको जनआस्था कायम राख्न समर्पणभाव, जिम्मेवारीबोध, […]

पूरा पढ्नुहोस्

नयाँ क्रियाशील सदस्यता खुला : कांग्रेसको अनलाइन आवेदन प्रक्रिया सुरु

काठमाडौं – नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुला गरेको छ ।पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले नयाँ क्रियाशील सदस्यता आवेदन फारम भर्न सकिने गरी खुला गरेको हो । बैठकले स्वदेश तथा विदेशमा रहेका योग्य नेपाली नागरिकलाई अनलाइनमार्फत नयाँ क्रियाशील सदस्य बन्न आवेदन दिन सक्ने […]

पूरा पढ्नुहोस्

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

गण्डकी– गण्डकी प्रदेश सरकारको आगामी आव २०८३\०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम […]

पूरा पढ्नुहोस्

सुधन गुरुङमाथि अनुसन्धान सकियो, प्रतिवेदन लेख्दै समिति

काठमाडौं–पूर्वगृहमन्त्री तथा हामी नेपालका संस्थापक सुधन गुरुङमाथिको अनुसन्धान सकिएको छ । सरकारले गठन गरेको समितिले अनुसन्धान सम्पन्न गरेको प्रवक्ता अच्युतमणि नेउपानेले बताए । मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी समिति गठन गरेको थियो ।समितिले गुरुङको सम्पत्ति र उनले […]

पूरा पढ्नुहोस्

‘बहुमतको दम्भमा नियमावली पारित गरियो, संसद् ऐनभन्दा माथि हुन सक्दैन’: कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाबाट आइतबार जबरजस्ती पारित गरिएको ‘प्रतिनिधिसभा नियमावली, २०८३’ प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सदनलाई व्यवस्थित गर्न बनाइएको यो नियमावलीले कानुन निर्माणको सर्वमान्य सिद्धान्तलाई अपमान गरेको कांग्रेसको ठहर छ। पार्टीका प्रवक्ता देवराज चालीसेद्वारा सोमबार जारी विज्ञप्तिमा मस्यौदा समितिदेखि संसद्सम्म छलफलका क्रममा नेपाली कांग्रेससहितका विपक्षी दलहरूले उठाएका फरक मत, संसद्मा राखेको संशोधन, […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीको अभिव्यक्ति र विद्युत्‌मा कर बढाएको विषयमा संसद् बाहिर सांसदहरूको आक्रोश

काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्ति र बजेटसँग सम्बन्धित विषयमा सांसदहरूले आ–आफ्नो धारणा सार्वजनिक गरेका छन्। संघीय संसद परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका सांसद गुरु बराल ले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। उनले भने, ‘देशको सीमाको विषयमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले निरुपण गर्नुपर्छ। यो विषयमा उहाँ जिम्मेवार हुनुपर्छ भन्ने हाम्रो माग हो। संसद […]

पूरा पढ्नुहोस्