चितवन–नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तरगत आज चितवनमा गाउँ/नगर अधिवेशन जारी छ । चितवनको एक मात्र महानगर भरतपुरको नेतृत्वका लागि अहिले दिउँसोबाट मतदान जारी छ ।
तर पदाधिकारी मध्ये महिला उपसभापति र सह–सचिव भने निर्विरोध निर्वाचित भएका छन् । महिला उपसभापतिमा उम्मेदवारी दर्ता गराएकी कल्पना पौडेल र सह–सचिवमा उम्मेदवारी दिएका देउबहादुर थापा मगर निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
सभापति, खुल्ला उपसभापति र सचिवमा भने निर्वाचन हुँदैछ । अहिले दिउँसोदेखि मतदान समेत सुरु भएको छ । सभापतिमा तीन जना उम्मेदवार बनेका छन् । सभापतिमा उम्मेदवारी दिएका कृष्ण विलास अधिकारी, ज्योति प्रसाद कंडेल र बुद्धि कान्त न्यौपानेबीच प्रतिस्पर्धा भइरहेको छ ।
यस्तै उपसभापतिमा मित्र निधी तिवारी र रेशम बहादुर देउजाबीच प्रतिस्पर्धा छ । सचिवमा रामजी पौडेल र सुमित पराजुलीबीच प्रतिस्पर्धा भइरहेको छ ।









प्रतिकृया दिनुहोस्