८ आश्विन २०८३, बिहीबार ०७:१०
कालिका। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नं. २ मा पर्ने कालिका नगरपालिकाको नगर अधिवेशनबाट रमेशजंग थापा नगर सभापतिमा विजयी भएका छन्।
नगर सभापति पदका लागि भएको निर्वाचनमा कुल २८४ मत खसेको थियो।
प्राप्त मत परिणामअनुसार रमेशजंग थापाले १९३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी आत्माराम बास्तोलाले ७६ मत प्राप्त गरेका छन्।
मत परिणाम सार्वजनिक भएसँगै थापा नेपाली कांग्रेस कालिका नगर कार्यसमितिको नयाँ सभापतिमा निर्वाचित भएका हुन् ।









प्रतिकृया दिनुहोस्