भरतपुर । नेपाली काँग्रेस भरतपुर महानगरको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित भएका छन । बुधबार भएको निर्वाचनको परिणामअनुसार १२३२ मत खसेको थियो । न्यौपानेले ६ सय ६० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी ज्योती प्रसाद कँडेलले ४ सय १३ मत ल्याए भने अर्का प्रतिष्पर्धी कृष्ण बिलास अधिकारीले १ सय ५९ मत ल्याए ।
उपसभापतिमा मित्रनिधि तिवारी बिजयी भएका छन् । उनले ७ सय १५ मत ल्याए । उनका प्रतिष्पर्धी रेशम बहादुर देउजाले ४ सय ७७ मत ल्याए । सचिवमा युवा उमेदवार सुमित पराजुलीले ७ सय ८१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिष्पर्धी रामजी पौडेलले ४ सय ३६ मत ल्याए । अधिबेशनबाट महिला तर्फको उपाध्यक्षमा कल्पना पौडेल खड्का र सहसचिवमा देउबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ४३ जना कार्यसमिति सदस्य पनि निर्बिरोध निर्वाचित भएको मतदान अधिकृत रामेश्वर पौडेलले बताए ।









प्रतिकृया दिनुहोस्