खेलकुद
अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना
काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ प्रशिक्षक कार्लो एन्सेलोटीलाई अनुबन्ध गरेको ब्राजिलका लागि नर्वेसँगको २–१ को हार निकै पीडादायी बन्यो । विश्वकपमा ब्राजिल युरोपेली टोलीसँग नकआउट चरणमा लगातार छैटौँ पटक पराजित भएको हो । ब्राजिल यसअघि ३६ वर्षअघि (सन् १९९० मा) चिरप्रतिद्वन्द्वी अर्जेन्टिनासँग अन्तिम १६ मा १–० ले पराजित हुँदै क्वार्टरफाइनल […]
पूरा पढ्नुहोस्
पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल
न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई गोल गरेपछि नर्वे जारी फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक खेलमा पाँच पटकको विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वेले इतिहासमै पहिलो पटक क्वार्टरफाइनलको यात्रा तय गरेको हो । पराजयसँगै ब्राजिल सन् १९९० पछि पहिलो पटक विश्वकपको […]
पूरा पढ्नुहोस्
विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने
काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने भएका छन् । गएराति भएका दुई खेलमा मोरक्कोले क्यानडा र फ्रान्सले पाराग्वेलाई अन्तिम १६ बाट पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् । सहआयोजक क्यानडालाई ३–० ले हराएको अफ्रिकी पावरहाउस मोरक्कोले अब सेमिफाइनल प्रवेशका लागि उपाधि दाबेदार फ्रान्सको सामना गर्ने भएको हो । […]
पूरा पढ्नुहोस्
केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । मियामी स्टेडियममा आज बिहान भएको खेलमा केप भडेलाई अतिरिक्त समयमा ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा पुगेको हो । निर्धारित ९० मिनेटको समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । खेलको २९औँ मिनेटका अर्जेन्टिनाका कप्तान लियोनल मेसीले […]
पूरा पढ्नुहोस्
अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश
काठमाडौँ– फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको छ । डलास स्टेडियममा गएराति भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले अघिल्लो चरणको यात्रा तय गरेको हो । पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ । शनिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियालाई ४(२ ले पराजित गर्दै इजिप्ट अर्को चरणमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट […]
पूरा पढ्नुहोस्
केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम १६ मा : कंगो विश्वकपबाट बाहिरियो
काठमाडौँ – कप्तान ह्यारी केन नायक बनेपछि डीआर कंगोमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) मा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार भएको नकआउट चरण (राउन्ड अफ ३२) को खेलमा इंग्ल्यान्डले कंगोलाई २–१ गोल अन्तरले पराजित गरेको हो । इङ्ग्ल्यान्डको जितमा दुवै गोल कप्तान केनले गरे । […]
पूरा पढ्नुहोस्
विश्वकप : मेसीको कीर्तिमान नजिक एमबाप्पे
काठमाडौँ – किलियन एमबाप्पेको दुई गोल तथा माइकल ओलिसेको उत्कृष्ट प्रदर्शनको मद्दतले फ्रान्सले विश्वकप फुटबलमा स्वीडेनलाई ३-० ले पराजित गरेको छ । यो जितसँगै फ्रान्स प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ, जहाँ उसले अब पराग्वेको सामना गर्नेछ । यो दुई गोलसँगै एमबाप्पेले जारी विश्वकपको सर्वाधिक गोलकर्ताको दौड (गोल्डेन बुट) मा ६ गोलसहित लियोनेल मेसीको […]
पूरा पढ्नुहोस्
एम्बाप्पेको दुई गोलमा फ्रान्स अन्तिम १६ मा : ३–० ले पराजित स्विडेन विश्वकपबाट बाहिरियो
काठमाडौँ – किलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतले स्विडेनलाई सहजै पराजित गर्दै फ्रान्स फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ। अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालामा भएको एकपक्षीय खेलमा फ्रान्सले स्विडेनमाथि ३–० को शानदार जित दर्ता गर्यो। अब क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्सले अन्तिम १६ मा पाराग्वेको सामना गर्नेछ । फ्रान्सलाई जित दिलाउन स्टार स्ट्राइकर किलियन […]
पूरा पढ्नुहोस्
हालान्डको निर्णायक गोलमा नर्वे विश्वकपको अन्तिम १६ मा : अब ब्राजिलसँग भिड्ने
काठमाडौँ – फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइभरी कोस्टलाई पराजित गर्दै नर्वे प्रतियोगिताको अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको छ । अमेरिकाको डलास रङ्गशालामा बुधबार भएको रोमाञ्चक खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले स्तब्ध पारेको हो । अब क्वार्टरफाइनल प्रवेशका लागि नर्वेले उपाधि दाबेदार ब्राजिलको सामना गर्नेछ । खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै […]
पूरा पढ्नुहोस्
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै
कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ । कर्णाली प्रदेश क्रिकेट सङ्घद्वारा शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत सङ्घका प्रदेश सचिव श्रीधर केसीले असार १४–१८ गतेसम्म ‘कर्णाली क्रिकेट कप २०८३’ सञ्चालन हुने जानकारी दिए । उनले खेल वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा सञ्चालन हुने बताउँदै कर्णाली प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको विस्तार, […]
पूरा पढ्नुहोस्






