राजनीति
जिल्ला आचारसंहिता अनुगमन समितिमा एक हजार ७६ उजुरी, लुम्बिनीमा सबैभन्दा धेरै
काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कुल एक हजार ७६ वटा उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । त्यसमध्ये एक हजार ६१ वटा (९९ प्रतिशत) फर्छ्यौट भएको आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै लुम्बिनी […]
पूरा पढ्नुहोस्
गगनको अपिल : कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला नबनाऔँ सभापति थापा
पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन् । पोखरामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘अब हामीसँग सिक्ने र सिकाउने समय छैन, सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्छ ।’ सभापति थापाले सरकार चलाउन आफूले सात वर्षदेखि तयारी गरेको बताउँदै सत्तामा गएकै दिनदेखि […]
पूरा पढ्नुहोस्
मतपेटिका ढुवानी नेपाल प्रहरीले गर्ने : गृहमन्त्री अर्याल
काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका नेपाल प्रहरीले नै ढुवानी गर्ने स्पष्ट पारेका छन् । शुक्रबार विराटनगरमा सुरक्षा निकायहरूसँग निर्वाचन सुरक्षा सम्बन्धी छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले विगतको अभ्यासअनुसार नै सुरक्षाको घेरा कायम रहने समेत बताए । उनका अनुसार मतदान केन्द्र र मतगणना स्थलको सुरक्षामा पहिलो घेरामा […]
पूरा पढ्नुहोस्
सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनका ३३ उजुरी
किमाथाङ्का– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन् । निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसारका गतिविधि तीव्र बन्दै गएको अवस्थामा आचारसंहिताको पालना गराउन प्रशासनले निगरानी बढाएको जनाएको छ । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धीका ३३ उजुरी परेका छन् । कार्यालयमा परेका उजुरीमध्ये अधिकांश […]
पूरा पढ्नुहोस्
निर्वाचन ६ दिन बाँकी : आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध
काठमाडौं – निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ। आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो। सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा […]
पूरा पढ्नुहोस्
‘अबको पाँच वर्षलाई खेर जान दिँदैनौँ, हरेक महिनाको प्रगति विवरण सार्वजनिक गर्छौँ’
सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षलाई स्वर्णिम बनाउने दाबी गरेका छन् । सुर्खेतमा बिहीबार कांग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जिताएर मुलुकलाई स्वर्णिम पाँच वर्ष बनाउन सबैलाई आग्रह गरे । ‘विगत पाँच-छ वर्ष केवल सरकार बनाउने र फेर्ने काममा मात्रै खर्च भयो […]
पूरा पढ्नुहोस्
आउँदो बिहिवार हुने चुनावको व्यवस्थापकीय तयारी अन्तिम चरणमा
काठमाण्डौ – आउँदो बिहिवार हुने प्रतिनिधि सभा चुनावको व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र सहित चुनाव गराउन चाहिने सबै सामग्री पुर्याइएको छ । कूटनीतिक समुदायका लागि आयोजित विशेष ब्रिफिङ कार्यक्रममा तयारीबारे जानकारी दिँदै सचिव राउतले चुनावलाई सुरक्षित र […]
पूरा पढ्नुहोस्
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
काठमाण्डौ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य रहेको बताउनुभएको छ । पार्टीको निर्वाचन परिचालन समितिले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले थुप्रै संशय र विवादकाबीच चुनाव सुनिश्चित भएको र यसले देशलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभयो । चुनाव सम्पन्न […]
पूरा पढ्नुहोस्
सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैनः सभापति लामिछाने
गोरखा –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_ का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताउनुभएको छ ।आज रास्वपा गोरखाद्वारा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गर्नुभयो । “यहाँ कसैले भ्रम फैलाएका छन्, सिंहदरबार जलायो, विध्वंस ग¥यो भनेर […]
पूरा पढ्नुहोस्
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । […]
पूरा पढ्नुहोस्




