राजनीति

बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्दै बालबालिकामा लगानी गर्न जोड

काठमाडौं। बाल पोषण भत्ता सबै जिल्लामा बिस्तार गर्न तथा बालबालिकामा लगानी गर्न सरोकारवालाले माग गरेका छन्। आइतबार सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले काठमाडौंमा आयोजना गरेको ‘सामाजिक सुरक्षा र बाल अनुदान विषयक नीतिगत बहस’ कार्यक्रममा बोल्दै सरोकारवालाले त्यस्तो बताएका हुन्। बाल पोषण भत्ता आर्थिक सहायता मात्र नभएर राष्ट्रको भविष्यका लागि मानव पुँजी निर्माणको प्रमुख आधार भएकाले […]

पूरा पढ्नुहोस्

नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले नीति निर्माणलाई गम्भीर रूपमा अघि बढाइरहेको बताएका छन्। काठमाडौंमा आयोजित ‘राष्ट्रिय स्वतन्त्र पार्टी नीति मन्थन : विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन’ कार्यक्रममा बोल्दै सभापति लामिछानेले पार्टी स्थापना भएदेखि नै विभिन्न नीति तथा विचारका विषयमा विज्ञहरूसँग निरन्तर छलफल र मन्थन गर्दै आएको उल्लेख गरे। […]

पूरा पढ्नुहोस्

अध्यादेशबाट हटाइए पुराना, सबै नियुक्ति पहुँचकै भरमा आउने सम्भावना

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ ल्याएर १०८ निकायका १५ सयभन्दा बढीलाई पदमुक्त गरिसकेको छ । अध्यादेश ल्याउनुपूर्व राजीनामा दिएर बाहिरिएका र अध्यादेश ल्याइसकेपछि छाडेका केही सार्वजनिक निकायमा सरकारले पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाइसकेको छ भने केहीमा थाल्ने तयारी गरिरहेको छ । तर, सरकारले पुरानाले नियुक्ति गरेको भाष्य लागेका […]

पूरा पढ्नुहोस्

नेकपा छाडेर प्रलोपा रोजेका सुदन अब हर्कको श्रम संस्कृतितिर

काठमाडौं- पूर्वपर्यटन मन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमण्डलका सदस्य सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । अहिलेलाई वरिष्ठ नेता पद लिएका उनले आगामी प्रदेश सभा निर्वाचनबाट कोशीको मुख्यमन्त्री हुने योजनासहित हर्कको पार्टीमा प्रवेश गरेका हुन् । लामो समयको अड्कलबाजीपछि किराती र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच शुक्रबार सहमति भएको […]

पूरा पढ्नुहोस्

कांग्रेस निकट महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त भएकी छन्। सभापति गगन थापाले चितवन निवासी खरेललाई महिला संघको अध्यक्षमा नियुक्त गरेका हुन्। उनले गत निर्वाचनमा चितवन–२ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरेकी थिइन्। उक्त क्षेत्रबाट रास्वपा सभापति रवि लामिछाने विजयी भएका थिए। खरेललाई तोकिएको समयभित्र महाधिवेशन गर्ने कार्यादेश दिइएको छ। २०७३ […]

पूरा पढ्नुहोस्

‘सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास जारी छ’

काठमाडौं- परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा देखिएको सीमा समस्या कूटनीतिक तवरबाट समाधान गर्न सरकार लागिपरेको जनाएको छ । मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेकको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताए । “कूटनीतिक प्रयासले नै समस्या समाधान गर्नेमा हाम्रो स्पष्ट धारणा छ”, उनले भने । चीन र भारतबीच सञ्चालन […]

पूरा पढ्नुहोस्

शिक्षामन्त्री पोखरेल र कानुनमन्त्री गौतमसँग रास्वपाका सांसदको छलफल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको मन्त्री-सांसद प्रि-बजेट अन्तरक्रियाको तेश्रो श्रृङ्खलाअन्तर्गत आज शिक्षामन्त्री सस्मित पोखरेल र कानुनमन्त्री सोबिता गौतमसँग रास्वपाका सांसदहरुले छलफल गरेका छन् । मन्त्रालयका काम, सेक्टरल बजेट प्रक्रिया, पूर्व-बजेट लगायतका विषयमा छलफल भएको पार्टीले जनाएको छ । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अध्यक्षतामा भएको छलफलमा मन्त्रीहरुको प्रस्तुती र सांसदहरुले जिज्ञासा राखेका छन् […]

पूरा पढ्नुहोस्

३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै डा. शर्मा

काठमाडौं– संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि  ३३औँ प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नेछन्। प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले बिहीबार भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि अब न्यायालयको नेतृत्वको गर्ने जिम्मेवारी डा शर्मामा आएको हो । विसं २०२७ असार ४ गते पर्साको वीरगन्जमा जन्मिएका डा […]

पूरा पढ्नुहोस्

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं-पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री कार्की र सचिवसहित १४ जना विरुद्ध मुद्दा दायर भएको हो । अख्तियारको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दर्ता भएको हो । अख्तियारले सोही मुद्दामा […]

पूरा पढ्नुहोस्

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ । बैठक अपराह्न ५ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ । संवैधानिक परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहको निर्देशनमा बोलाइएको बैठकमा सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस सम्बन्धमा छलफल हुने बाइएको छ । बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, […]

पूरा पढ्नुहोस्