२५ बैशाख २०८३, शुक्रबार १८:३०
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त भएकी छन्।
सभापति गगन थापाले चितवन निवासी खरेललाई महिला संघको अध्यक्षमा नियुक्त गरेका हुन्। उनले गत निर्वाचनमा चितवन–२ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरेकी थिइन्। उक्त क्षेत्रबाट रास्वपा सभापति रवि लामिछाने विजयी भएका थिए।
खरेललाई तोकिएको समयभित्र महाधिवेशन गर्ने कार्यादेश दिइएको छ। २०७३ सालदेखि महिला संघको निर्वाचन हुन सकेको छैन।






प्रतिकृया दिनुहोस्