राजनीति
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल
महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार क्रमशः हुँदै जाने बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि मंगलबार आयोजित कार्यक्रममा उनले पहिलो वर्ष प्राथमिकताका आधारमा शिक्षा र स्वास्थ्यमा सरकारले लगानी गर्ने बताए । मन्त्री पोखरेलले विगतमा पहुँच कम भएका विद्यालय’विश्वविद्यालयलाई बढी प्राथमिकतामा राखेर सरकारले काम गर्ने […]
पूरा पढ्नुहोस्
कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्। आज नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीमा लगानीका प्रशस्त सम्भावना भएपनि अपेक्षित रूपमा निजी क्षेत्रको संलग्नता हुन नसकेको उल्लेख गरे। मुख्यमन्त्री कँडेलले कर्णाली प्राकृतिक स्रोत, कृषि, पर्यटन तथा जलस्रोतका […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको छ । बैठकमा गृहमन्त्री सुदन गुरुङले तीनवटा अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ । आज प्रस्तुत हुने अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल […]
पूरा पढ्नुहोस्
प्रदेशसभा सदस्य शर्मा थुनामुक्त
काठमाडौं। जिल्ला अदालत काठमाडौँले लुम्बिनी प्रदेशसभाकी नेकपा (एमाले) की प्रदेशसभा सदस्य रेखा शर्मा थुनामुक्त गरेको छ। न्यायाधीश जगत पौडेलको इजलासले आज प्रदेशसभा सदस्य शर्मालाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो। महान्यायाधिवक्ताको कार्यालयले २०८२ जेठ १६ गते शर्मामाथि मुद्दा नचल्ने निर्णय गरेको थियो। पहिल्यै निर्णय भइसकेको विषयमा पुनः प्रतिवादीलाई […]
पूरा पढ्नुहोस्
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
काठमाण्डाै – सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्कामाथि अनुसन्धन गर्न सात दिन म्याद थप भएको छ । आज जिल्ला अदालत काठमाण्डाैले खड्कालाई थप सात दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । नवयुवा आन्दोलनका क्रममा खड्काको घरमा जलेको अवस्थामा नगद भेटिएपछि अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) […]
पूरा पढ्नुहोस्
नवनियुक्त महान्यायाधिवक्ता कँडेलले लिए सपथ
काठमाडौं। नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले सपथ ग्रहण गरेका छन्। आइतबार कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान र कानुनमन्त्री सोविता गौतमबाट उनले सपथ ग्रहण गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहले आजै अधिवक्ता डा.नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्। बेलायतबाट उच्च शिक्षा हासिल गरेका कँडेललाई नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ताको पदमा नियुक्त भएका हुन्। बाग्लुङको […]
पूरा पढ्नुहोस्
यु वाले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउँछु : सभामुख अर्याल
काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम बनाउन आफूले ध्यान दिने बताएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले धेरै जनाको ज्यान जाने र भौतिक क्षति हुने गरी भएको जेन-जी आन्दोलनपछिको निर्वाचनबाट आफूहरू नेतृत्वमा आएकाले आगामी दिनमा त्यस्तो घटना नहोस् […]
पूरा पढ्नुहोस्
ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा
काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आइतबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा आइतबार दिनभर बहस भए पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । यसअघि चैत १६ गते भएको सुनुवाइमा सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको भएको थियो । गत भदौ २३ […]
पूरा पढ्नुहोस्
संघीय संसद्को दुवै सदनको बैठक बस्दै, डिपी अर्याल सभामुख बन्दै
काठमाडौं। संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठक बस्नेछ। आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ। शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं […]
पूरा पढ्नुहोस्
ओली हिरासतबाट छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतबाट छोड्न प्रधानमन्त्री बालेन्द्र शाहलाई खुलापत्र लेखेका छन्। गौतमले ७४ वर्षीय ओली वृद्ध र शारीरिक रूपमा अस्वस्थ रहेको भन्दै यस अवस्थामा उनलाई हिरासतमा राख्नु उचित नभएको बताएका छन्। उनले रातारात घर घेरेर बिहानै पक्राउ गर्ने शैली गलत भएको भन्दै […]
पूरा पढ्नुहोस्




