?????? ??????
????????, ?? ????? :
?????? ????? ?????????????? ?????? ?????????????? ????? ????? ????? ???? ??????? ?????????? ?????? ????????? ??????? ?????? : ??????? ?????/????
काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछन्।
प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक त्यसको केही समयपछि अर्थात् बिहान ११:१५ बजे बस्ने तय भएको छ। आजको दुवै सदनको मुख्य कार्यसूची सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्ने र त्यसलाई निष्कर्षमा पुर्याउने रहेको छ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ।
यसअघि बुधबारका लागि तय भएको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएकाले आजको बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ। सम्भावित कार्यसूची अनुसार सांसदहरूले उठाएका प्रश्न र सुझावमाथि छलफल भएपछि आजै नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने तयारी छ।
चालु अधिवेशनमा नै सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले पनि नीति तथा कार्यक्रमलाई चाँडो टुङ्ग्याएर बजेट निर्माणको प्रक्रियामा लाग्नुपर्ने दबाब सरकारलाई छ।
त्यसैगरी, राष्ट्रियसभाको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ। माथिल्लो सदनका सदस्यहरूले सरकारको प्राथमिकता, विकासका योजना र वर्तमान राजनीतिक तथा आर्थिक अवस्थाका बारेमा आफ्नो तर्फबाट सुझाव र आलोचना प्रस्तुत गर्नेछन्।
दुवै सदनमा नीति तथा कार्यक्रम पारित भएपछि मात्रै सरकारलाई बजेट ल्याउने बाटो खुल्नेछ। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण संसद्मा अहिले प्री-बजेट छलफल र नीति तथा कार्यक्रममाथिको बहसले तीव्रता पाएको हो।
आजको बैठकमा दलीय आधारमा सांसदहरूले आ-आफ्नो धारणा राख्ने र सरकारको तर्फबाट सम्बन्धित मन्त्री वा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम समेत तय गरिएको छ।





प्रतिकृया दिनुहोस्