चितवन विशेष

रत्ननगर खानेपानीमा दिपकराज पौडेलको धमाकेदार इन्ट्री स् न्यूनतम महसुलमा एक महिनासम्म छुट, धारा जडानमा ५० प्रतिशत सहुलियत

चितवन रत्ननगर । चुनाव जितेर नेतृत्व सम्हालेको छोटो समयमै रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका नवनिर्वाचित अध्यक्ष दिपकराज पौडेलले उपभोक्ताको मन जित्ने ‘धमाकेदार’ निर्णय सार्वजनिक गरेका छन्। सातौँ निर्वाचनबाट आएको नयाँ नेतृत्वले पहिलो बैठकबाटै राहतको वर्षा गर्दै महसुलदेखि नयाँ धारा जडानसम्म भारी छुट घोषणा गरेको हो। संस्थाको निर्णयअनुसार २०८३ जेठ महिनाको खानेपानी रिडिङ महसुलमा न्यूनतम […]

पूरा पढ्नुहोस्

ट्राफिक कारबाहीबाट २७ लाख ५७ हजार २ राजस्व संकलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको जाँचका क्रममा दुई हजार २१२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट २७ लाख ५७ हजार दुई संकलन गरिएको छ । आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक पदार्थ *मापसे) सेवन गरी सवारी चलाउने ८३, राइड सेयरिङमा १७९, रातोबत्तीमा १३१, […]

पूरा पढ्नुहोस्

रत्ननगर कपमा भरतपुर फुटबल क्लव विजयी

रत्ननगर । रत्ननगर वडा नं ८ स्थित बाघमारा खेल मैदानमा जारी रत्ननगर कप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा भरतपुर फुटबल क्लव विजयी भएको छ । अभिषेक चर्ज रजहरलाई ५—४ गोल अन्तरले पराजित गर्दै भरतपुर विजयी भएको हो । निर्धारित समयमा दुबै टिकबाट २÷२ गोल भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । खेलकुदको माध्यमबाट पर्यटन […]

पूरा पढ्नुहोस्

भरतपुर विद्युत‍्का २८१ ग्राहक कालोसूचीमा

चितवन। नेपाल विद्युत् प्राधिकरण अन्तर्गत भरतपुर वितरण केन्द्रले विद्युत महसुल लामो समयसम्म नतिर्ने २८१ ग्राहकलाई कालोसूचीमा राखेको छ। कार्यालयका अनुसार पटक–पटक सूचना जारी गर्दासमेत बक्यौता रकम भुक्तानी नगरेपछि ती ग्राहकलाई कालोसूचीमा राखिएको हो। विद्युत् कार्यालय प्रमुख राजेन्द्र कुमार चौधरीका अनुसार ‘६ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राख्ने गरेको छ। ‘प्राधिकरणका कर्मचारीले विद्युत् […]

पूरा पढ्नुहोस्

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा सञ्चालित स्कुल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरेको थियो । तीन दिन लगाएर गरिएको परीक्षणका क्रममा निर्देशिका कार्यन्वयन नभएको पाइएपछि स्कुल बसलाई तत्काल स्कुल बस सञ्चालन निर्देशिका, २०७४ कार्यान्वयनका लागि निर्देशन दिइएको हो । […]

पूरा पढ्नुहोस्

विषादी न्यूनीकरण सम्बन्धी प्रशिक्षण सम्पन्न

भरतपुर- सिर्जनशील समाज को आयोजना तथा उदय नेपाल को सहकार्यमा तरकारी तथा कृषि बालीमा विषादी न्यूनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिबार भरतपुर–४ बैकुण्ठ टोलमा सम्पन्न भएको छ। सिर्जनशील समाज भरतपुर–४ का अध्यक्ष इश्वरी कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृषि विज्ञ निशा सुवेदीले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा तरकारी, फलफूल तथा खेतीपातीमा लाग्ने रोग, रोग नियन्त्रणका उपाय, विषादी प्रयोगबाट […]

पूरा पढ्नुहोस्

रत्ननगरमा भोलीदेखि राष्ट्रिय स्तरको फुटबल हुँदै

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा भोली शनिबारबाट चार लाख पुरस्कार राशीको राष्ट्रिय स्तरको रत्ननगर कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । वडा नं ८ स्थित बाघमारा खेलमैदानमा युवा तथा खेलकुद विकास समिति रत्ननगर ७ ले आयोजना गरेको उक्त प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गर्नेछन् । प्रतियोगिताको पहिलो खेल आयोजन टिम र समाज कल्याण खेलकुद संघ […]

पूरा पढ्नुहोस्

तुइन खोलामा ढुंगो खसेर लाग्दा कारमा आगलागी, जलेर पूरै नष्ट

  चितवन- पृथ्वी राजमार्गअन्तर्गत नारायणगढ–मुग्लिङ सडक खण्डमा बुधबार दिउँसो कारमा आगलागी हुँदा क्षतिग्रस्त भएको छ। घटनामा मानवीय क्षति भने नभएको चितवन प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार बिहीबार दिउँसो करिब ३:१५ बजे तुइन खोला क्षेत्रमा नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको बीएडी ४०१४ नम्बरको कारमा सडक माथिबाट ढुंगा खसेर पेट्रोल ट्याङ्कीमा लागेपछि आगलागी भएको हो। […]

पूरा पढ्नुहोस्

कालिका–७ मा रुपान्तरणकारी सामाजिक परिचालन तालिम सकियो

चितवन- कालिका नगरपालिका–७ मा महिलाको सुधारिएको जीविकोपार्जन तथा आर्थिक अवसर अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको रुपान्तरणकारी सामाजिक परिचालन तालिम सम्पन्न भएको छ। नेपाल दलित महिला उत्थान संघ (एड्वान) को आयोजना, करुणा ट्रस्टको प्राविधिक सहयोग तथा कालिका नगरपालिकाको सहकार्यमा वडा कार्यालयको सभाहलमा तालिम सञ्चालन गरिएको थियो। समापन कार्यक्रममा कालिका नगरपालिकाकी उपप्रमुख विमला तामाङले महिलाको सशक्तीकरणका लागि […]

पूरा पढ्नुहोस्

रत्ननगर खानेपानी संस्थाको अध्यक्षमा दीपकराज पौडेल विजयी

चितवन । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा गठबन्धनका उमेदवार दीपकराज पौडेल निर्वाचित भएका छन् । संस्थाको १५औँ साधारण सभा तथा सातौँ अधिवेशनमा पुराना दलको गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा भएको थियो । कांग्रेसका क्षेत्रीय सचिवसमेत रहेका पौडेलले रास्वपाका नन्दुकेशरी खनाललाई ३१४ मतान्तरले पराजित गरेका भएका हुन् । पौडेलले २५४४ र खनालले २२३० […]

पूरा पढ्नुहोस्