खैरहनी– करूणा ट्रस्ट र फ्यानको साझेदारी तथा स्थानीय सरकारको समन्वयमा नेपाल दलित महिला उत्थान संघ (एडवान) द्वारा सञ्चालित “महिलाहरूका लागि सुधारिएको जीविकोपार्जन तथा आर्थिक अवसर परियोजना” अन्तर्गत खैरहनी नगरपालिका–३, सिद्धिपुरस्थित सिद्धार्थ टोलको साहसी महिला समूह का १५ जना महिलाहरूका लागि सञ्चालन गरिएको ७ दिने मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
महिलाहरूलाई सीप, ज्ञान र आत्मनिर्भरतामार्फत आयआर्जनका अवसरमा पहुँच विस्तार गर्ने उद्देश्यले आयोजित उक्त तालिमको समापन समारोह सम्पन्न गरिएको हो।
समापन कार्यक्रमको सभाध्यक्ष तथा एडवानकी अध्यक्ष विन्दु थापा परियारले महिलाहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्दै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले आर्थिक रूपमा सशक्त महिला नै परिवार र समाजको समृद्धिको आधार भएको बताउँदै सीपमूलक र आयआर्जनमुखी कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन सबै महिलाहरूलाई आग्रह गर्नुभयो। साथै, महिलाहरूको जीवनस्तर सुधार र आर्थिक अवसरमा पहुँच वृद्धि गर्न एडवानले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनियाँ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।प्रमुख खनियाँले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तथा आयआर्जनमुखी तालिमहरू अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले कृषि क्षेत्रलाई आधुनिक, व्यवसायिक र उत्पादनमुखी बनाउन स्थानीय सरकारले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक तरकारी खेतीमार्फ�
[11/06, 12:05 am] +977 984-5277545: खैरहनीमा ७ दिने मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सम्पन्न
करूणा ट्रस्ट र फ्यानको साझेदारी तथा स्थानीय सरकारको समन्वयमा नेपाल दलित महिला उत्थान संघ (एडवान) द्वारा सञ्चालित “महिलाहरूका लागि सुधारिएको जीविकोपार्जन तथा आर्थिक अवसर परियोजना” अन्तर्गत खैरहनी नगरपालिका–३, सिद्धिपुरस्थित सिद्धार्थ टोलको साहसी महिला समूह का १५ जना महिलाहरूका लागि सञ्चालन गरिएको ७ दिने मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
महिलाहरूलाई सीप, ज्ञान र आत्मनिर्भरतामार्फत आयआर्जनका अवसरमा पहुँच विस्तार गर्ने उद्देश्यले आयोजित उक्त तालिमको समापन समारोह सम्पन्न गरिएको हो।
समापन कार्यक्रमको सभाध्यक्ष तथा एडवानकी अध्यक्ष विन्दु थापा परियारले महिलाहरूले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्दै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले आर्थिक रूपमा सशक्त महिला नै परिवार र समाजको समृद्धिको आधार भएको बताउँदै सीपमूलक र आयआर्जनमुखी कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन सबै महिलाहरूलाई आग्रह गर्नुभयो। साथै, महिलाहरूको जीवनस्तर सुधार र आर्थिक अवसरमा पहुँच वृद्धि गर्न एडवानले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। खैरहनी नगरपालिकाका प्रमुख शशीकुमार खनियाँ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।प्रमुख खनियाँले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तथा आयआर्जनमुखी तालिमहरू अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले कृषि क्षेत्रलाई आधुनिक, व्यवसायिक र उत्पादनमुखी बनाउन स्थानीय सरकारले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक तरकारी खेतीमार्फत आयआर्जन वृद्धि गर्न सहभागी महिलाहरूलाई आग्रह गर्दै उहाँले यस्ता कार्यक्रमले महिलाहरूको आत्मनिर्भरता र उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी खैरहनी नगरपालिका–३ का वडा अध्यक्ष पूर्णबहादुर गुरुङ विशेष अतिथि रहनुभएको थियो। कार्यक्रममा वडा सदस्य विष्णुमाया विक, प्रज्वला कुमारी घिमिरे, माधव श्रेष्ठ, कृष्णबन्धु भुर्तेल, कृषि शाखा अधिकृत सिर्जना श्रेष्ठ तथा एडवानकी उपाध्यक्ष तीर्थकुमारी विक लगायतको उपस्थिति रहेको थियो।
तालिममा खैरहनी नगरपालिकाको कृषि शाखाकी प्रशिक्षकले सहजीकरण गर्नुभएको थियो। तालिममार्फत सहभागी महिलाहरूलाई व्यावहारिक तथा प्रविधिमैत्री तरकारी खेतीसम्बन्धी ज्ञान, सीप र आधुनिक कृषि प्रविधिको प्रयोगबारे जानकारी प्रदान गरिएको थियो।
एडवानकी सहजकर्ता सुनिता दराई का अनुसार महिलाहरूको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास तथा आत्मनिर्भर जीवनयापनमा सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम सञ्चालन गरिएको हो। उहाँले तालिमले सहभागी महिलाहरूलाई व्यावसायिक तरकारी खेतीतर्फ प्रेरित गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।







प्रतिकृया दिनुहोस्