रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार आयोजना गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा ३०२ जनाले उपचार गराएका छन् ।
योगदान राष्ट्रको लागि रत्ननगर नगर समितिको आयोजना, वडा नं २ वडा कार्यालयको सहकार्य तथा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । नगर समिति अध्यक्ष विरञ्जना सापकोटा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम वडा नं २ का वडाध्यक्ष राजेन्द्र घिमिरेले उद्घाटन गरेका थिए । शिविरमा उपचार गराएका ३०२ जना मध्ये १७ जनाको मोतियाविन्दु देखापरेको र उनीहरुको आइतबार अस्पतालमा शल्यक्रिया गरिने बरिष्ट नेत्र सहायक सुवास सापकोटाले जानकारी दिए
शिविरमा उपचार गराएका ७५ जनालाई चस्मा र ३०२ जनालाई निःशुल्क औषधि वितरण गरिएको उनले बताए । शिविरमा आँखाको उपचार गर्न आएका अधिकाँसमा आँखामा एलर्जी, मासु पलाएको, आसु आउने, रातो हुने समस्या देखापरेको सापकोटाले बताए । उद्घाटन कार्यक्रममा योगदान राष्ट्रको लागि नेपालका केन्द्रीय सदस्य रामहरी लम्सालले संस्थाले देशव्यापी रुपमा प्राथमिक उपचारमा प्रशिक्षण दिँदै आएको र एकघर एक प्राथमिक उपचार गर्न सक्ने व्यक्ति उत्पादन गर्ने लक्ष्य रहेको बताए । संस्थाकी अध्यक्ष सापकोटाले गाउँ, टोल, समाज र देशलाई नै प्राथमिक उपचारको क्षेत्रमा योगदान गर्ने उद्देश्य सहित संस्थाले काम गरिरहेको बताइन् ।
संस्थाका उपाध्यक्ष सौरभ रिजालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम सचिव बद्रि धितालले सञ्चालन गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य राजेन्द्र हमाल,योगदान राष्ट्रको लागि रत्ननगर नगर समितिका संस्थापक अध्यक्ष लक्ष्मण पौडेल, पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
रत्ननगरमा निःशुल्क आँखा शिविर : ३०२ जनाले पाए उपचार।

प्रतिकृया दिनुहोस्