कालिका- कालिका नगरपालिकाले आधारभूत तह अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको छ। कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले १ देखि ११ सम्म वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेपछि
गराउने, नियमित अध्ययन सुनिश्चित गर्ने तथा बीचमै विद्यालय छोड्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाइएको हो। उनले भने, ‘समृद्ध कालिका सुखी कालिका बनाउन यस्ता कार्यक्रमले
अनिवार्य तथा निःशुल्क शिक्षा नगर घोषणा समारोह
नगर घोषणा गरिएको बताए। उनले कालिका नगरपालिकाका कुनै पनि बालबालिका आर्थिक कारणले पढाइबाट वञ्चित हुन नदिने प्रतिबद्धता जाहेर गरे ।
शिक्षामा सबै बालबालिकाको समान पहुँच सुनिश्चित गर्न समृद्ध समाज निर्माणको आधार भएको बताउँदै घोषणा कार्यक्रममा सीमित नराखी प्रभावकारी कार्यान्वयनमा जोड दिने बताए । उनका अनुसार विद्यालय उमेरका प्रत्येक बालबालिकालाई विद्यालयमा भर्ना ठोस प्रगति दिनेछ ।’
प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यान्वयनमा गएको बताए। उनले यस अभियानले नगरभित्र कुनै पनि बालबालिका शिक्षाको अवसरबाट वञ्चित नहुने वातावरण निर्माण गर्नुका साथै गुणस्तरीय र समावेशी शिक्षाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
नगर उपप्रमुख विमला तामाङले नगरपालिकाले शिक्षालाई उच्च
प्राथमिकतामा राख्दै आएको बताइन्। उनका अनुसार यो अभियान सुरू हुनुअघि नै नगरपालिकाले ‘मेयर एण्ड केयर’ तथा ‘उपमेयरसँग बालबालिका’ जस्ता कार्यक्रम सञ्चालन गर्दै बालबालिकाको शैक्षिक तथा समग्र विकासमा काम गर्दै आएको छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारायणप्रसाद अधिकारीले कालिका नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेर विकासमा एउटा महत्वपूर्ण ईंटा थपेको बताए। उनले भने, ‘अब कालिकामा शिक्षाबाट कोही वञ्चित हुनुहुँदैन ।’
कालिका नगरपालिकाका लेखा संयोजक ऋषि कडुवालले घोषणा केवल औपचारिक कार्यक्रम नभई संविधान र कानुनले दिएको जिम्मेवारीको प्रभावकारी कदम भएको बताए। कुनै पनि बालबालिका आर्थिक, सामाजिकलगायतका विभिन्न कारणले पढाइबाट वञ्चित हुनुहुँदैन भनेर कालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको हो। कुनै पनि विद्यालयले विद्यार्थी भर्नाबाट कसैलाई रोक्न र निष्कासन गर्न नपाउने उनले बताए। नगरपालिकाभित्र हाल ३३ वटा सामुदायिक तथा ११ वटा संस्थागत गरी कुल ४४ वटा विद्यालय सञ्चालनमा रहेका छन् ।







प्रतिकृया दिनुहोस्