चितवन विशेष
चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध
चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा सञ्चालित स्कुल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरेको थियो । तीन दिन लगाएर गरिएको परीक्षणका क्रममा निर्देशिका कार्यन्वयन नभएको पाइएपछि स्कुल बसलाई तत्काल स्कुल बस सञ्चालन निर्देशिका, २०७४ कार्यान्वयनका लागि निर्देशन दिइएको हो । […]
पूरा पढ्नुहोस्
विषादी न्यूनीकरण सम्बन्धी प्रशिक्षण सम्पन्न
भरतपुर- सिर्जनशील समाज को आयोजना तथा उदय नेपाल को सहकार्यमा तरकारी तथा कृषि बालीमा विषादी न्यूनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिबार भरतपुर–४ बैकुण्ठ टोलमा सम्पन्न भएको छ। सिर्जनशील समाज भरतपुर–४ का अध्यक्ष इश्वरी कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृषि विज्ञ निशा सुवेदीले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा तरकारी, फलफूल तथा खेतीपातीमा लाग्ने रोग, रोग नियन्त्रणका उपाय, विषादी प्रयोगबाट […]
पूरा पढ्नुहोस्
रत्ननगरमा भोलीदेखि राष्ट्रिय स्तरको फुटबल हुँदै
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा भोली शनिबारबाट चार लाख पुरस्कार राशीको राष्ट्रिय स्तरको रत्ननगर कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । वडा नं ८ स्थित बाघमारा खेलमैदानमा युवा तथा खेलकुद विकास समिति रत्ननगर ७ ले आयोजना गरेको उक्त प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गर्नेछन् । प्रतियोगिताको पहिलो खेल आयोजन टिम र समाज कल्याण खेलकुद संघ […]
पूरा पढ्नुहोस्
तुइन खोलामा ढुंगो खसेर लाग्दा कारमा आगलागी, जलेर पूरै नष्ट
चितवन- पृथ्वी राजमार्गअन्तर्गत नारायणगढ–मुग्लिङ सडक खण्डमा बुधबार दिउँसो कारमा आगलागी हुँदा क्षतिग्रस्त भएको छ। घटनामा मानवीय क्षति भने नभएको चितवन प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार बिहीबार दिउँसो करिब ३:१५ बजे तुइन खोला क्षेत्रमा नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको बीएडी ४०१४ नम्बरको कारमा सडक माथिबाट ढुंगा खसेर पेट्रोल ट्याङ्कीमा लागेपछि आगलागी भएको हो। […]
पूरा पढ्नुहोस्
कालिका–७ मा रुपान्तरणकारी सामाजिक परिचालन तालिम सकियो
चितवन- कालिका नगरपालिका–७ मा महिलाको सुधारिएको जीविकोपार्जन तथा आर्थिक अवसर अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको रुपान्तरणकारी सामाजिक परिचालन तालिम सम्पन्न भएको छ। नेपाल दलित महिला उत्थान संघ (एड्वान) को आयोजना, करुणा ट्रस्टको प्राविधिक सहयोग तथा कालिका नगरपालिकाको सहकार्यमा वडा कार्यालयको सभाहलमा तालिम सञ्चालन गरिएको थियो। समापन कार्यक्रममा कालिका नगरपालिकाकी उपप्रमुख विमला तामाङले महिलाको सशक्तीकरणका लागि […]
पूरा पढ्नुहोस्
रत्ननगर खानेपानी संस्थाको अध्यक्षमा दीपकराज पौडेल विजयी
चितवन । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा गठबन्धनका उमेदवार दीपकराज पौडेल निर्वाचित भएका छन् । संस्थाको १५औँ साधारण सभा तथा सातौँ अधिवेशनमा पुराना दलको गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा भएको थियो । कांग्रेसका क्षेत्रीय सचिवसमेत रहेका पौडेलले रास्वपाका नन्दुकेशरी खनाललाई ३१४ मतान्तरले पराजित गरेका भएका हुन् । पौडेलले २५४४ र खनालले २२३० […]
पूरा पढ्नुहोस्
सुकुम्बासीलाई घरबारविहीन हुन दिइने छैन – मेयर सापकोटा
रत्ननगर : रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले नगरभित्रका वास्तविक सुकुम्बासी नागरिकहरूको समस्या समाधान गर्न नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।सुकुम्बासी व्यवस्थापनलाई देशभरकै संवेदनशील विषयका रूपमा लिइएको वर्तमान अवस्थामा रत्ननगर नगरपालिकाले यहाँका घरवारविहीन नागरिकहरूको पीडा, संघर्ष र अधिकारलाई गम्भीरतापूर्वक लिएको मेयर सापकोटाले स्पष्ट पारे। उनका अनुसार कतिपय परिवारहरूले आवश्यक प्रक्रिया अनुसार सेतो पुर्जा प्राप्त […]
पूरा पढ्नुहोस्
टरौलीमा निःशुल्क आँखा शिविर, १४ जनामा मोतियाबिन्दु पहिचान
चितवन-रत्ननगर नगरपालिका वडा नं ५ स्थित नगर स्वास्थ्य केन्द्र टरौलीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविर भरतपुर आँखा अस्पताल र नगर स्वास्थ्य केन्द्र टरौलीको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल रहेका थिए भने विशिष्ट अतिथिमा स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल, लेखा अधिकृत प्रदीप […]
पूरा पढ्नुहोस्
सकियो चितवन उद्योग संघको ७ दिने औद्योगिक अवलोकन भ्रमण
भरतपुर/चितवन उद्योग संघको संस्थागत सम्बन्ध तथा भ्रमण विभागको आयोजनामा बैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको ७ दिने औद्योगिक अवलोकन भ्रमणको समापन भएको छ । बैशाख ९ गतेदखि वागमती प्रदेश चितवनबाट शुरु भएको भ्रमणमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका करीब १३ वटा जिल्लाका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्य तथा मुगुको रारा तालको अवलोकन गरिनुका […]
पूरा पढ्नुहोस्
भद्रकाली माविमा ८ कोठे नयाँ भवन निर्माण सुरु
रत्ननगर। रत्ननगर नगरपालिका–१६ स्थित भद्रकाली माध्यमिक विद्यालयमा ८ कोठे नयाँ भवन निर्माण कार्य सुरु भएको छ। बुधबार एक कार्यक्रमका बीच भवनको शिलान्यास गरिएको हो। शिलान्यास कार्यक्रममा वडा अध्यक्ष हेमराज थापा, वडा सदस्यहरू चीजकुमार श्रेष्ठ र ज्ञानेन्द्र रेग्मी, पूर्व जनप्रतिनिधि जयन्द्रकुमार श्रेष्ठ, विभिन्न टोल विकास समितिका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विद्यालयका पूर्व प्रधानाध्यापक […]
पूरा पढ्नुहोस्



