३१ श्रावण २०८३, आईतवार ०६:४७
चितवन– सिमलधारामा सुक्खा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडक पूर्ण रूपमा यातायात अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा गएराति सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी अबरुद्ध बनेको हो।
जिल्ला प्रहरी कार्यालय अनुसार रातको समयमा पहिरो खसेकाले सवारी साधन बीच बाटोमै रोकिएका छन्।
आइतबार बिहान लोडर तथा जेसीबी प्रयोग गरी सडकमा थुप्रिएको पहिरो हटाउने काम सुरु भएको प्रहरीले जनाएको छ।






प्रतिकृया दिनुहोस्