कालिका। कालिका ओपन स्काउट क्रू (KOSC) को दोस्रो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम–२०८३ विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता KOSC का अध्यक्ष स्काउटर सेवक अधिकारी ‘निर्मिश’ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कालिका नगर स्काउटका निवर्तमान प्रमुख आयुक्त स्काउटर रचना लामाको उपस्थिति रहेको थियो। कार्यक्रममा युवाहरूको ढुकढुकी तथा समाजसेवी रमेशजंग थापा, कालिका डाइनामिक स्काउट क्रूका संस्थापक अध्यक्ष रोभर लिडर बाबुराम अर्याल तथा KOSC सल्लाहकार समिति प्रमुख ALT सन्तोष बस्ताकोटी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा पृथ्वी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भेषराज पाण्डे, प्रधानाध्यापक सूर्यप्रसाद तिवारी, सहपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमनाथ अधिकारी, आधारभूत विद्यालय नमुनाटोलका प्रधानाध्यापक बसन्तराज पौडेल, KOSC उपाध्यक्ष हरिकृष्ण श्रेष्ठ, सल्लाहकार सदस्य राजु पौडेल, कालिका युथका अध्यक्ष तथा KOSC कोषाध्यक्ष सन्दीप केसी, उपाध्यक्ष अंकिता अधिकारी, वडा फोकल इन्चार्ज अञ्जली अधिकारीलगायतको सहभागिता थियो।
पृथ्वी स्काउट ट्रुप, नमुना स्काउट ट्रुप, सहपुर स्काउट ट्रुप, रेडक्रसग्राम स्काउट ट्रुपका स्काउट, KOSC कार्यसमिति सदस्य, Rover/Ranger तथा अतिथिसहित करिब १५० जनाको सहभागिता रहेको थियो।
वार्षिकोत्सवका अवसरमा KOSC का १३ जना Rover/Ranger लाई विभिन्न विधामा सम्मान गरिएको थियो भने क्रूमा आबद्ध भएका नयाँ १४ जना Rover/Ranger लाई स्वागत गरिएको थियो। कार्यक्रममा अध्यक्ष स्काउटर सेवक अधिकारीले क्रूको दुई वर्षको समग्र आय–व्यय तथा आर्थिक प्रगति विवरणसमेत सार्वजनिक गर्नुभएको थियो।
प्रमुख अतिथि स्काउटर रचना लामाले फूलको गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। साथै, दोस्रो वार्षिकोत्सवको अवसरमा दुई वटा केक काटेर खुसीयाली मनाइएको थियो।
कार्यक्रम व्यवस्थापनमा समाजसेवी रमेशजंग थापाले सहयोग गर्नुभएको थियो भने केकको व्यवस्थापन गोरखा बेकरीले गरेको थियो। कार्यक्रमको सञ्चालन Rover Leader सन्तोष लामिछानेले गर्नुभएको थियो।
कार्यक्रममा सहभागी अतिथिहरूले KOSC को दोस्रो वार्षिकोत्सवका अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा स्काउटिङ गतिविधि र सामाजिक कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन शुभकामना दिएका थिए।






प्रतिकृया दिनुहोस्