चितवन विशेष
परदेशमा बसेर मातृभूमिको पीडामा मलम लगाउँदै हेमकान्त सेढाईं
चितवन – चितवनको राप्ती नगरपालिका–२ स्थायी घर भई दशकौँदेखि बेलायतमा स–परिवार बसोबास गर्दै आएका व्यवसायी हेमकान्त सेढाईं यतिबेला मातृभूमिमा परेको विपत्तिका पीडितको सहयोगमा जुटेका छन्। भाद्र १० गते तिब्बत हुँदै रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि सेढाईंले बेलायत स्थित आफ्नै होटलमा विभिन्न च्यारिटी कार्यक्रम सञ्चालन गरी राहत रकम संकलन गरिरहेका […]
पूरा पढ्नुहोस्
कालिका नगरपालिकामा राष्ट्रिय शोक दिवस तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न।
चितवन । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा कालिका नगरपालिकाले राष्ट्रिय शोक दिवस तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। कालिका नगरपालिका तथा स्थानीय विपद् व्यवस्थापन समितिको आयोजनामा सोमबार साँझ नगरपालिका कार्यालय परिसरमा कार्यक्रम गरिएको हो। कार्यक्रममा बाढी तथा विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण […]
पूरा पढ्नुहोस्
प्याराडाइज युवा क्लवलाई युवा व्यवसायी सन्देश तामाङको सहयोग ।
रत्ननगर । रत्ननगरका युवा व्यवसायी तथा समाजसेवी सन्देश तामाङले प्याराडाइज युवा क्लवलाई जर्सी सहित खेलकुदका सामग्री सहयोग गर्नु भएको छ । माडीमा जारी स्टार कपमा डिफेन्डिङ च्याम्पियनको रुपमा सहभागिता जनाउन लागेको प्याराडाइजलाई तामाङले खेलकुदका सामग्री सहयोग गर्नुभएको हो । समाजसेवी तामाङले क्लवका अध्यक्ष एस के चौधरी र टिम कोच चन्दन चौधरीलाई सामग्री हस्तान्तरण गर्नुभएको […]
पूरा पढ्नुहोस्
रत्ननगरमा प्रथम पञ्चकन्या गोल्डकप फुटबल प्रतियोगिता हुँदै
रत्ननगर । रत्ननगरको टिकौलीचौरमा आगामी असोज ९ गतेदेखि प्रथम पञ्चकन्या गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रत्ननगर–१२ मा रहेको न्यू पञ्चदिप युवा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो । सान रियल स्टेट नेपाल प्रा.लि. मुख्य प्रायोजक रहेको प्रतियोगितामा ८ वटा टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने खेल संयोजक दिनेश राना मगरले जानकारी दिए […]
पूरा पढ्नुहोस्
चितवनका सञ्चारकर्मी मगरलाई अन्तर्राष्ट्रिय सम्मान एक दशकको सञ्चार यात्राको कदरस्वरूप ‘आउटस्ट्यान्डिङ प्रेस एण्ड पब्लिक रिलेसन अवार्ड–२०२६’
चितवन । सञ्चार क्षेत्रमा एक दशकदेखि सक्रिय चितवनका सञ्चारकर्मी पूर्णबहादुर मगर अन्तर्राष्ट्रियस्तरको सम्मानबाट पुरस्कृत भएका छन्। कला तथा संस्कृतिको माध्यमबाट नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले आयोजित ‘इन्टरनेशनल एक्सिलेन्सी अवार्ड–२०२६’ अन्तर्गत मगरलाई ‘आउटस्ट्यान्डिङ प्रेस एण्ड पब्लिक रिलेसन अवार्ड’ प्रदान गरिएको हो। काठमाडौंस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ आयोजित समारोहमा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मगरलाई अवार्ड प्रदान […]
पूरा पढ्नुहोस्
भर्टेक्स इन्स्टिच्युटद्वारा नयाँ विद्यार्थीहरूका लागि ‘रेसिडेन्सियल ओरिएन्टेसन’ सम्पन्न
चितवन । भर्टेक्स इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको आयोजनामा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि ‘रेसिडेन्सियल ओरिएन्टेसन एन्ड वेलकम प्रोग्राम २०२६’ सम्पन्न भएको छ। भरतपुर विमानस्थल अगाडि अवस्थित चितवन ग्रान्ड रेसिडेन्समा आयोजित समारोहमा विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण गरिएको हो। संस्थाका प्रिन्सिपल सुदीप बास्तोलाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन ग्रान्ड रेसिडेन्सका महाप्रबन्धक सुधीर उप्रेती प्रमुख अतिथि रहनुभएको […]
पूरा पढ्नुहोस्
गडुवा तल्लोभेग खानेपानीको अधिवेशन सम्पन्न, ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
कालिका । गडुवा तल्लोभेग खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। साधारण सभाले समितिको आगामी कार्ययोजना, खानेपानी सेवा विस्तार, थप धारा जडान, सरसफाइ तथा उपभोक्ताको हितमा गर्नुपर्ने विभिन्न कामका विषयमा छलफल गर्दै नयाँ कार्यसमिति समेत चयन गरेको छ। समितिका अध्यक्ष बलराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न […]
पूरा पढ्नुहोस्
कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?
चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन सक्ने खाना पकाउने ग्यास (एलपीजी) को अभाव टार्न उद्योगीले उपत्यकाबाहिरबाटै सिलिन्डर भरेर ढुवानी गर्न थालेका छन् । नेपाल आयल निगमले उपत्यकाबाहिर ‘बोटलिङ’ गरी सिलिन्डर ल्याउन अनुमति दिएपछि उद्योगी त्यसतर्फ लागेका हुन्। नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीहरूले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी ढुवानी सहज बनाउने […]
पूरा पढ्नुहोस्
विपद्मा कालिका नगरपालिकाको साथ, राहत कोषमा ३५ लाख सहयोग
चितवन, कालिका — भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले चितवनको कालिका नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगर प्रमुख विनोद रेग्मीको अध्यक्षतामा बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिने निर्णय […]
पूरा पढ्नुहोस्
टिकोली जैविक विविधता सूचना केन्द्रको साधारण सभा सम्पन्न ।
रत्ननगर–९ स्थित टिकोली जैविक विविधता सूचना केन्द्रको २० वर्षपछि पहिलो साधारण सभा सम्पन्न भएको छ। उचित व्यवस्थापनको अभावमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको केन्द्रलाई पुनर्जीवन दिने उद्देश्यले साधारण सभा आयोजना गरिएको हो। अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको केन्द्रलाई पुनः सञ्चालनमा ल्याउन अध्यक्ष पार्वतीदेवी मगरले अब आगामी दिनमा सक्रिय रूपमा काम गर्ने बताइन्। उनले […]
पूरा पढ्नुहोस्






