खेलकुद

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि पोलले यस वर्षको मेजर लिग सकर (एमएलएस) अल-स्टार गेम नखेल्ने भएका छन् । भर्खरै सम्पन्न फिफा विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउने क्रममा परेको कार्यभारलाई ध्यानमा राख्दै एमएलएसले दुवै खेलाडीलाई यस खेलबाट विश्राम दिएको हो । योसँगै मेसीले लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार टिममा सूचीकृत भएर पनि […]

पूरा पढ्नुहोस्

बलिङ, ब्याटिङ र फिल्डिङ कोल्याप्स हुँदा पेचिलो बन्दै नेपालको शीर्ष चार यात्रा

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले एकपटक खराब प्रदर्शन दोहोर्‍याएको छ। ब्याटिङ र बलिङ दुवै विभाग पूर्ण रूपमा ‘कोल्याप्स’ भएपछि नेपालले लगातार कमजोर नतिजा सामना गरिरहेको छ। अपेक्षित प्रदर्शन गर्न नसक्दा शीर्ष चारमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना समेत निकै सकसपूर्ण बनेको छ। पहिलो खेलमा […]

पूरा पढ्नुहोस्

विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा पहिलो जितको खोजीमा रहेको नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेल आज आयोजक नेदरल्यान्डससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ बजे सुरु हुनेछ । यो खेल नेदरल्यान्ड्सको […]

पूरा पढ्नुहोस्

दीपेन्द्रसिंह ऐरीले क्यानडा सुपर ६० लिग खेल्ने : भ्यानकुभरले गर्‍यो अनुबन्ध

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा आयोजना हुने ‘क्यानडा सुपर ६०’ प्रतियोगिताका लागि भ्यानकुभर एंकर्समा आबद्ध भएका छन्। भ्यानकुभर एंकर्सले आधिकारिक रूपमा दीपेन्द्रलाई टोलीमा अनुबन्ध गरेको घोषणा गर्दै उनको आक्रामक खेल कौशल र जादुमयी प्रदर्शनका लागि टिम तयार रहेको जनाएको छ। क्यानडा सुपर ६० आगामी २०२६ को सेप्टेम्बर २९ देखि अक्टोबर […]

पूरा पढ्नुहोस्

विश्वकप लिग-२: पहिलो खेलमा आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि नेदरल्यान्ड्स पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नामिबियाको खेल आज दिउँसो २: ४५ बजे नेदरल्यान्ड्सको उट्रेख्त सहरको मैदानमा सुरु हुनेछ । नेदरल्यान्ड्समा आयोजना हुने यस शृङ्खलामा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग कुल चार खेल खेल्नेछ । आजको […]

पूरा पढ्नुहोस्

विश्वकप फाइनलमा पराजित भएपछि स्पेनिस खेलाडीमाथि अर्जेन्टिनी खेलाडीको हातपात

काठमाडौँ – फिफा विश्वकप २०२६ को फाइनल खेल सकिएलगत्तै मैदानभित्रै खेलाडीबीच हातपात र झडप भएको छ । अतिरिक्त समयमा १–० को नतिजासहित स्पेनसँग पराजित भएपछि आक्रोशित बनेका अर्जेन्टिनाका खेलाडी मैदानमै हातपातमा उत्रिएका हुन् । खेल सकिएको अन्तिम सिठ्ठी बजेलगत्तै स्पेनका मिडफिल्डर रोड्रि उपाधि जितेको खुसीयाली मनाउन दौडिरहेका थिए । सोही क्रममा अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले […]

पूरा पढ्नुहोस्

विश्वकप उपाधि गुमाएपछि रोकिएनन् मेसीका आँसु

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले आँसु रोक्न सकेनन् । यस विश्वकपमा उत्कृष्ट लयमा देखिएका कप्तान लियोनल मेसीका लागि फाइनल खेल सुखद रहन सकेन । मैदानमा स्पेनको पूर्ण दबाबका कारण मेसीले आफ्नो स्वभाविक जादु देखाउन सकेनन् । खेलको अन्तिम क्षणसम्म अर्जेन्टिनाका तर्फबाट जति पनि […]

पूरा पढ्नुहोस्

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट, स्पेनका रोड्रि बने सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ – सोमबार बिहान सम्पन्न फिफा विश्वकप २०२६ को फाइनल भिडन्तमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्न नसकेपछि फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ उपाधि आफ्नो नाममा सुरक्षित गरेका छन् । अतिरिक्त समयमा पुगेको फाइनल खेलमा अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकपको उपाधि चुमेको छ । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्स इङ्गल्यान्डसँग […]

पूरा पढ्नुहोस्

अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं – साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आज भएको खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अत्तिरिक्त समयमा धकेलिएको थियो । अत्तिरिक्त समयमा स्पेनका […]

पूरा पढ्नुहोस्

फाल्कल्यान्डको ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा : फिफाको कारबाहीमा पर्न सक्ने

काठमाडौँ – फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई पराजित गरेपछि फाल्कल्यान्ड टापुको दाबीसहितको ब्यानर प्रदर्शन गरेको भन्दै साविक विजेता अर्जेन्टिना विवादमा तानिएको छ । ब्यानरकै कारण फिफाको कारबाहीमा पर्ने सम्भावना बढेको छ।   अमेरिकाको एटलान्टामा बुधबार भएको रोमाञ्चक खेलमा थोमस टुचेलको इङ्ल्यान्डलाई २–१ ले हराउँदै अर्जेन्टिना फाइनल पुगेको हो। तर, खेल सकिएलत्तै अर्जेन्टिनी खेलाडीले मैदानमा […]

पूरा पढ्नुहोस्