कालिका — युवाहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्दै स्थानीयस्तरमा रहेका खेल प्रतिभाको पहिचान, विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले कालिका नगरपालिका वडा नं. १ को आयोजनामा जारी वडा स्तरीय फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत आज चौथो दिनको खेल सम्पन्न भएको छ।
आजको रोमाञ्चक खेलमा कालिका–५ लाइ पराजित गर्दै [विजेता टोली कालिका ६ ले शून्य को विरुद्ध १ गोल अन्तरको जित हासिल गरेको छ।
कालिका ६ का खेलाडी श्रीदेन थापा। match of the man घोषित भएका छन्

खेल समारोहमा प्रमुख अतिथिका रूपमा कालिका ६ का टिकाराम रेग्मी हुनुहुन्थ्यो
कार्यक्रमका प्रमुख अतिथि टिकाराम रेग्मीले आफ्नो मन्तव्य राख्दै खेलकुदले युवाहरूमा अनुशासन, एकता र आपसी सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले खेल प्रतिभाको पहिचान र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना दिनुभयो।
त्यस्तै विशिष्ट अतिथिमा नगर प्रवक्ता लक्ष्मण पौडेल । त्यस्तै अतिथिहरूमा, वडा नं. ५ का अध्यक्ष दीपक बहादुर भट्टराई कालिका ४ का अध्यक्ष एवं सामाजिक विकास संयोजक मकरमान श्रेष्ठ, वडा सदस्य जीवन लामा वडा सदस्य ओमकार खड्का लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा चतुर्मुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङ, माथिल्लो भेग गडुवा खानेपानी संस्थाका अध्यक्ष लालबहादुर ख्युल, प्रहरी बिटका इन्चार्ज रामप्रकाश राय यादव, जुटपानी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष खोमबहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो।
यसैबीच, राम श्रेष्ठ (इन्डियन) ले प्रतियोगिताको सात दिनसम्म दैनिक ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीलाई प्रतिदिन रु. ५५० नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। यसअनुसार सात दिनका लागि कुल रु. ३,८५० पुरस्कार सहयोग उपलब्ध हुने भएको छ।
कार्यक्रमको सञ्चालन लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरे ले गर्नुभएको थियो ।
कार्यक्रमका सभाध्यक्ष एवं कालिका १ का वडा अध्यक्ष सन्तवीर स्याङदनले खेलकुदमार्फत युवाको प्रतिभा पहिचान र प्रोत्साहन गर्ने यस अभियानमा सम्पूर्ण खेलाडी, आयोजक, सहयोगी तथा उपस्थित दर्शकहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।











प्रतिकृया दिनुहोस्