काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले सानदार जित निकालेको छ ।
आज बिहान सम्पन्न खेलमा पीएसभीमाथि ५–१ गोल गर्दै रियलले फराकिलो जित निकालेको हो ।
खेलको पहिलो हाफमा १–० गोलले पछि परेको रियल मड्रिडले दोस्रो हाफमा ५ गोल गरेको थियो ।
खेलको ३२औँ मिनेटमा पीएसभीका इभान पेरिसिचले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा रियल मड्रिडको प्रहार रोक्न नसक्दा पीएसभी पराजित हुन पुग्यो ।
दोस्रो हाफको ५०औँ मिनेटमा रियलका फेडेरिको भालभर्डेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यस्तै, ६०औँ मिनेटमा जुड बेलिङ्घमले गोल गरेपछि खेल २–१ ले अघि बढ्यो ।
यस्तै, ६४औँ र ८४औँ मिनेटमा केलियन एम्बाप्पे र ८७औँ मिनेटमा भिनिसियस जुनियरले गरेको गोल सँगै रियल मड्रिड ५–१ गोलले विजयी भयो ।
यो जितसँगै रियल मड्रिड पाँच खेलमा अपराजित रहँदै १५ अंकका साथ शीर्षस्थानमा रहेको छ । पराजित भएको पीएसभीको ४ अंक छ ।










प्रतिकृया दिनुहोस्