रत्ननगर–९ स्थित टिकोली जैविक विविधता सूचना केन्द्रको २० वर्षपछि पहिलो साधारण सभा सम्पन्न भएको छ। उचित व्यवस्थापनको अभावमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको केन्द्रलाई पुनर्जीवन दिने उद्देश्यले साधारण सभा आयोजना गरिएको हो।
अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको केन्द्रलाई पुनः सञ्चालनमा ल्याउन अध्यक्ष पार्वतीदेवी मगरले अब आगामी दिनमा सक्रिय रूपमा काम गर्ने बताइन्। उनले केन्द्रको संरक्षण, व्यवस्थापन तथा सञ्चालनका लागि तीनै तहका सरकार र दातृ निकायको सहयोग आवश्यक रहेको उल्लेख गरिन्।
टिकौली मध्यवर्ती सामुदायिक वन तथा उपभोक्ता सामुदायिक वनको स्वामित्वमा रहेको केन्द्रमा वन, वन्यजन्तु तथा जैविक विविधतासम्बन्धी महत्वपूर्ण जानकारी र आखेटोपहारसमेत संग्रहित छन्। सौराहामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई केन्द्रित गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सरोकारवालाले बताएका छन्।
सभामा कार्यक्रम का प्रमुख अतिथि एवं रत्ननगर ९ का वडाध्यक्ष अनन्त अधिकारीले केन्द्रलाई चलायमान बनाउन वडा कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। यस्तै, रत्ननगर–१० का वडाध्यक्ष कलाधर पौडेलले पनि केन्द्रलाई पुनर्जीवन दिन सहयोग गर्ने बताए।टिकोली जैविक विविधता सूचना केन्द्रको साधारण सभा सम्पन्न ।
रत्ननगर–९ स्थित टिकोली जैविक विविधता सूचना केन्द्रको २० वर्षपछि पहिलो साधारण सभा सम्पन्न भएको छ। उचित व्यवस्थापनको अभावमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको केन्द्रलाई पुनर्जीवन दिने उद्देश्यले साधारण सभा आयोजना गरिएको हो।
अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको केन्द्रलाई पुनः सञ्चालनमा ल्याउन अध्यक्ष पार्वतीदेवी मगरले अब आगामी दिनमा सक्रिय रूपमा काम गर्ने बताइन्। उनले केन्द्रको संरक्षण, व्यवस्थापन तथा सञ्चालनका लागि तीनै तहका सरकार र दातृ निकायको सहयोग आवश्यक रहेको उल्लेख गरिन्।
टिकौली मध्यवर्ती सामुदायिक वन तथा उपभोक्ता सामुदायिक वनको स्वामित्वमा रहेको केन्द्रमा वन, वन्यजन्तु तथा जैविक विविधतासम्बन्धी महत्वपूर्ण जानकारी र आखेटोपहारसमेत संग्रहित छन्। सौराहामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई केन्द्रित गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सरोकारवालाले बताएका छन्।
सभामा कार्यक्रम का प्रमुख अतिथि एवं रत्ननगर ९ का वडाध्यक्ष अनन्त अधिकारीले केन्द्रलाई चलायमान बनाउन वडा कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। यस्तै, रत्ननगर–१० का वडाध्यक्ष कलाधर पौडेलले पनि केन्द्रलाई पुनर्जीवन दिन सहयोग गर्ने बताए।
कार्यक्रममा चितवन निकुञ्ज सौराहाका सेक्टर प्रमुख रविन चौधरी, टिकौली सशस्त्र तालिम केन्द्रका प्रमुख विष्णु न्यौपाने, राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC), जैविक विविधता संरक्षण केन्द्र, सौराहाका वरिष्ठ रेन्जर ऋषिराम सुवेदी
सामुदायिक वन उपभोक्ता महासंघ चितवनका उपाध्यक्ष बलराम बगाले, पञ्चकन्या सामुदायिक वनको अध्यक्ष गोविन्द सिंङतान रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष दीपेन्द्र शर्मा चापागाईं, रत्नप्रिय क्लबका अध्यक्ष बसन्त रानालगायत ले शुभकामना मन्तव्य तथा सुझावहरू राख्नुभएको थियो।
साधारण सभाले अध्यक्ष मगरद्वारा प्रस्तुत नीति तथा कार्यक्रम, सचिव बसन्त अम्गाइको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। केन्द्रलाई व्यवस्थित गरी जैविक विविधता, संरक्षण र पर्यटनसँग जोडेर अघि बढाउनेमा जोड दिइएको छ।

प्रतिकृया दिनुहोस्