मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि पोलले यस वर्षको मेजर लिग सकर (एमएलएस) अल-स्टार गेम नखेल्ने भएका छन् । भर्खरै सम्पन्न फिफा विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्याउने क्रममा परेको कार्यभारलाई ध्यानमा राख्दै एमएलएसले दुवै खेलाडीलाई यस खेलबाट विश्राम दिएको हो ।
योसँगै मेसीले लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार टिममा सूचीकृत भएर पनि मैदान उत्रिन नपाउने भएका छन् । सन् २०२४ र २०२५ पछि यो लगातार तेस्रो संस्करण हो, जसमा छनोट भएर पनि उनले खेल गुमाएका छन् ।
मेजर लिग सकर र एमएलएस प्लेयर्स एसोसिएसन (एमएलएसपीए) बीच ठूला अन्तर्राष्ट्रिय प्रतियोगितापछि खेलाडीको विश्रामबारे भएको पूर्वसहमतिअनुसार उनीहरूलाई टोलीबाट छुट दिइएको हो । इन्टर मियामीका टोली साथी डि पोल र मेसीलाई विश्राम दिइएपछि लिगले उनीहरूको स्थानमा अन्य खेलाडीलाई टोलीमा समावेश गरेको छ।





प्रतिकृया दिनुहोस्