चितवन — नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनले रत्ननगर नगरपालिकामा पालिका स्तरीय तदर्थ समिति गठन गरेको छ। जिल्ला कार्यसमितिको निर्णय तथा केन्द्रीय र बागमती प्रदेश कार्यालयको समन्वयमा उक्त समिति गठन गरिएको हो।
जारी पत्रअनुसार रामचन्द्र पौडेल संयोजक, दिपेन्द्र श्रेष्ठ सचिव र हुतराज पन्त कोषाध्यक्षमा मनोनयन भएका छन्। साथै सरस्वती चालिसे, रामहरी भण्डारी, बिदुर सुवेदी र सविता आचार्य सदस्यमा चयन गरिएको उल्लेख छ।
नेपाल रेडक्रस सोसाइटीको विधान र प्रचलित नियमावलीअनुसार स्थानीय तहमा मानवीय सेवा विस्तार तथा कार्यक्रम सञ्चालनलाई प्रभावकारी बनाउन तदर्थ समिति गठन गरिएको जनाइएको छ।साथै, उक्त तदर्थ समितिलाई तोकिएको समयसीमाभित्रै अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने निर्देशन समेत दिइएको छ।
नवगठित समितिले विपद् व्यवस्थापन, राहत वितरण, रक्तदान लगायत मानवीय सेवाका कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने अपेक्षा गरिएको छ।





प्रतिकृया दिनुहोस्