२५ चैत्र २०८२, बुधबार १८:१०
चितवन – रत्ननगर ११ स्थित रमाइलो बाल संसारको चौथो वार्षिक उत्सव तथा दोस्रो दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका अवसरमा यूकेजी उत्तीर्ण १४ जना बालबालिकालाई बिदाइ गरिएको संस्थाले जनाएको छ।
शिक्षाको अन्तिम नतिजा प्रकाशनपछि यूकेजी उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक विशेष समारोहबीच सम्मानसहित बिदाइ गरिएको प्रिन्सिपल सुधा ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी वैशाख महिनादेखि नयाँ भर्ना खुला गरिएको छ भने नानीबाबुहरूका लागि विशेष छुट तथा सहुलियतको व्यवस्था गरिएको छ।
कार्यक्रममा रत्ननगर–११ का वडा अध्यक्ष श्यामकुमार श्रेष्ठले संस्थाले बालबालिकाको समग्र विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै गुणस्तरीय शिक्षा र सिर्जनात्मक वातावरण निर्माणमा निरन्तर लागिरहनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै विशिष्ट अतिथिहरूमा निवर्तमान वडा अध्यक्ष तथा पञ्चकन्या माविका पूर्व प्रधानाध्यापक शशी भक्त न्यौपाने, पिश भिजन इङ्लिस स्कुलका प्रिन्सिपल एम. प्रसाद काफ्ले, नव मिलिजुली दूध उत्पादक सहकारी संस्था अध्यक्ष कोपिला दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा शिक्षिकाहरू जसु पौडेल, शोभा बस्ताकोटी, गीता आचार्य, कल्पना खतिवडालगायतको उपस्थिति रहेको थियो।
बाल संसारका प्रिन्सिपल सुधा ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षिका रमिला अधिकारीले गर्नुभएको थियो।





प्रतिकृया दिनुहोस्