२५ चैत्र २०८२, बुधबार ०६:४८
Fairfax City की मेयर Catherine Read सँग कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी ले महत्वपूर्ण भेटवार्ता गर्नुभएको छ।
भेटका क्रममा कालिका नगरपालिका र फेयरफ्याक्स सिटीबीच प्रविधि उपयोग र उच्चस्तरीय विकासका अनुभवबारे जानकारी आदानप्रदान गरिएको थियो। साथै, कालिका नगरपालिकामा कार्यान्वयन हुँदै आएको GPS प्रणाली, फोहर व्यवस्थापन, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माणलगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे प्रस्ताव प्रस्तुत गरिएको थियो।
उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। आगामी दिनहरूमा दुवै नगरपालिकाबीच सहकार्यलाई थप मजबुत बनाउँदै दिगो सम्बन्ध विस्तार गर्ने सहमति समेत भएको छ।
भेटका क्रममा आपसी सद्भावका रूपमा मायाको चिनो आदानप्रदान गरिएको थियो। साथै, कालिका नगरपालिकाको तर्फबाट उपयुक्त समयमा नेपाल भ्रमणका लागि निमन्त्रणा दिइएकोमा मेयर रीडले खुशी व्यक्त गर्दै उचित समय मिलाएर आफ्नो टोलीसहित नेपाल आउने प्रतिबद्धता जनाउनुभएको छ। साथै, उहाँले कालिका नगरपालिकाको टोलीलाई पनि पुनः फेयरफ्याक्स सिटी भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ।
यस अवसरमा सहजीकरण गर्नुहुने प्रो. डा. रामहरि सुवेदी तथा समय उपलब्ध गराई कालिका नगरपालिकालाई महत्व दिनुहुने सिटी इन्जिनियर, सिटी म्यानेजर र मेयर क्याथरिन रीडसहित सम्पूर्ण टोलीप्रति नगर प्रमुख विनोद रेग्मीले धन्यवाद व्यक्त गर्नुभएको छ।





प्रतिकृया दिनुहोस्