हेटौंडा : हेटौंडामा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमन्ड युथ स्पोर्टस क्लबले जितेको छ।
हेटौंडामा जारी कृषि तथा पर्यटन महोत्सवको उपलक्ष्यमा आयोजित प्रतियोगिताको फाइनलमा न्यु डायमन्डले केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानलाई ३० को सेटमा पराजित गरेको हो। न्यु डायमन्ड अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बन्यो। उ अघिल्लो संस्करणको उपविजेता टोली समेत हो।
एकतर्फी जित हात पार्ने क्रममा न्यु डायमन्डले पहिलो सेट २५–१३ दोस्रो सेट २५–१५ र तेस्रो २५–२३ ले आफ्नो पक्षमा पार्यो। उपाधिसँगै न्यु डायमन्डले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो।
उपविजेता केशवलालले २ लाख रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यु डायमन्ड क्लबकी सुनिता क्षेत्री घोषित भइन्।
उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । उत्कृष्ट स्पाइकर न्यु डायमन्डकी जेनिशा विश्वकर्मा, उत्कृष्ट डिफेन्डर एञ्जीला प्रधान, उत्कृष्ट सेटर न्यु डायमन्डकी भावना तामाङ, उत्कृष्ट सर्भर केशवलाल प्रतिष्ठानकी रेबिका लामा, उत्कृष्ट ब्लकर केशवलालकी सलिना गुरुङ र उत्कृष्ट प्रशिक्षक न्यु डायमन्डका कुमार राई घोषित भए ।





प्रतिकृया दिनुहोस्