चितवन विशेष

चतुर्मुखी सामुदायिक वन : नाइट सफारीदेखि नेचर गाइड तालिमसम्मका योजना

चितवन — कालिका नगरपालिका–१ स्थित चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धन र स्थानीय समुदायको आयआर्जन वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। वनले आफ्ना उपभोक्ताहरूलाई लक्षित गर्दै ११७ जनालाई अनुदानमा स्प्रे टंकी वितरण गरेको छ भने १३ जना महिलालाई सिलाई–कटाई सम्बन्धी आधारभूत तालिम प्रदान गरिरहेको  छ। सामुदायिक वनको ७४ प्रतिशत र […]

पूरा पढ्नुहोस्

रत्ननगर–५ झुवानीमा २ दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सुरु

    रत्ननगर नगरपालिका–५, झुवानीमा सृजनशील सामुदायिक सिकाइ केन्द्र र वडा स्तरीय बाल सञ्जालको आयोजनामा तथा वडा कार्यालयको सहयोगमा २ दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम शनिबारदेखि सुरु भएको छ।   बालबालिका तथा युवाहरूमा नेतृत्व क्षमता विकास, व्यक्तित्व निर्माण र सामाजिक उत्तरदायित्वबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको सहजकर्ता रविता महतोले जानकारी दिइन्। […]

पूरा पढ्नुहोस्

व्यवसायिक योजना निर्माण सम्बन्धी प्रशिक्षण

  रत्ननगर । रत्ननगर वडा नं १६ का उद्यमी महिलाहरुका लागि व्यवसायिक योजना निर्माण सम्बन्धी प्रशिक्षण सुरु भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा नारी जागरण केन्द्रले आयोजना गरेको सो कार्यक्रममा ५० जना महिलाहरु सहभागी छन् । केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालको अध्यक्षतामा भएको कार्यक्रम वडाध्यक्ष हेमराज थापाले उद्घाटन गरेका थिए । सो अबसरमा वडाध्यक्ष […]

पूरा पढ्नुहोस्

चितवन युवासंघले महिलाहरुलाई दियो साबुन बनाउने तालिम

चितवन–चितवन उद्योग वाणिज्य संघले महिलाहरुलाई साबुन बनाउने तालिम प्रदान गरेको छ । ‘सीप नै आत्मनिर्भरताको पहिलो पाइला हो’ भन्ने नारासहित संघले सिपमूलक ज्ञान हस्तान्तरण गर्दै महिला उद्यमीहरुलाई स्वरोजगार तथा आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले साबुन बनाउने तालिम प्रदान गरेको हो ।जेठ ६ देखि ८ गतेसम्म तीन दिन सञ्चालित साबुन बनाउने तालिममा केजिए सोप इण्डष्ट्रिजका सञ्चालक […]

पूरा पढ्नुहोस्

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन। चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका छन्। गत आर्थिक वर्षको वैशाखसम्ममा एक लाख ८३० जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको वैशाखसम्म उक्त सङ्ख्या ८९ हजार ६३० मा झरेको हो। गत वर्ष सार्क मुलुकका १८ हजार ९३३ र तेस्रो मुलुकका ८१ हजार ८९७ जनाले निकुञ्जको भ्रमण गरेका जनाउँदै निकुञ्जका सूचना अधिकारी […]

पूरा पढ्नुहोस्

कालिका–६ मा रुपान्तरणकारी सामाजिक परिचालन तालिम सम्पन्न

कालिका । कालिका नगरपालिका–६ मा महिलाको सुधारिएको जीविकोपार्जन तथा आर्थिक अवसर परियोजना अन्तर्गत रुपान्तरणकारी सामाजिक परिचालन तालिम सम्पन्न भएको छ। नेपाल दलित महिला उत्थान संघ (एड्वान) को आयोजना, करुणा ट्रष्टको प्राविधिक सहयोग तथा कालिका नगरपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो।   तालिममा महिलाको आर्थिक सशक्तीकरण, सीप विकास, आयआर्जन, बचत व्यवस्थापन तथा सामाजिक रूपान्तरणका विषयमा प्रशिक्षण […]

पूरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा पहिरो नियन्त्रणको काम गरिने भएको छ । डिभिजन सडक कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाएको छ । सो सडकखण्डका नाम्सिखोला, कालिखोला र तुइन खोलामा पहिरो नियन्त्रणका काम गर्न लागिएको हो । कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नाम्सिखोलाको दुवै तर्फको भित्तोमा पहिरो रोकथामको काम […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरपालिका भित्रका अव्यवस्थित तार हटाइँदै

चितवन– भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । महानगरपालिका र जिल्ला प्रशासन कार्यालयसहित सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएसँगै तार हटाउन सुरु गरिएको हो ।भरतपुर महानगरपालिकाका इन्जिनियर सुरेश बोटका अनुसार इन्टरनेट प्रदायक संस्थाका कर्मचारीहरुले आफ्नो तार आफैँ व्यवस्थापन गरिरहेका छन् । आवश्यक सहयोग महानगरपालिका नगर प्रहरीहरुले […]

पूरा पढ्नुहोस्

मदन–आश्रितप्रति दासढुङ्गामै पुगेर श्रद्धाञ्जली अर्पण

दासढुंगा –नेकपा (एमाले) जिल्ला कमिटी चितवनले आइतबार बिहान मदन–आश्रित दुर्घटनास्थल दासढुंगा पुगी नेता द्वयप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । जिल्ला पार्टी कार्यालय भरतपुरबाट मोटरसाइकल र्‍यालीसहित दुर्घटनास्थल दासढुङ्गा पुगेका एमालेका नेता तथा कार्यकर्ताले नेता द्वयको शालिकमा माल्याणर्पण गरी दिवंगत नेताद्वयले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् […]

पूरा पढ्नुहोस्

लियो क्लब अफ भरतपुर युथको अध्यक्षमा संगम पोख्रेल सर्वसम्मत चयन

चितवन ,भरतपुर–११ स्थित नारायणी पब्लिक कलेजको सभाहलमा सम्पन्न क्लबको दशौं वार्षिक साधारण सभाबाट पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। सन् २०२१ देखि क्लबमा आबद्ध पोख्रेलले कोर्डिनेटर, सचिव र उपाध्यक्षजस्ता जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसक्नुभएको छ। उहाँले आफ्नो कार्यकालमा युवाहरूको नेतृत्व विकाससँगै शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा प्रभावकारी सामाजिक कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। […]

पूरा पढ्नुहोस्