चितवन विशेष
चितवनका स्पा सेन्टरमा प्रहरीको छापा,एक महिलासहित ८ जना प्रहरीको नियन्त्रणमा
चितवन- चितवनको भरतपुर र नारायणगढ बजार क्षेत्रमा संचालित केही स्पा सेन्टरमा प्रहरीले छापा हानेको छ । आज (बुधबार) अपरान्ह जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक जहरलाल स्याङतनको कमान्डमा खटिएको १० जना प्रहरी टोलीले एक महिलासहित ८ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी टोलीले स्पा तथा मसाज सेन्टरहरूमा अनुमतिबिना (दर्ता नगरी) सञ्चालन गरिएको, कोठामा क्यूआर […]
पूरा पढ्नुहोस्
फेयरफ्याक्स सिटीकी मेयर क्याथरिन रिड र कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीबीच भेटवार्ता
Fairfax City की मेयर Catherine Read सँग कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी ले महत्वपूर्ण भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा कालिका नगरपालिका र फेयरफ्याक्स सिटीबीच प्रविधि उपयोग र उच्चस्तरीय विकासका अनुभवबारे जानकारी आदानप्रदान गरिएको थियो। साथै, कालिका नगरपालिकामा कार्यान्वयन हुँदै आएको GPS प्रणाली, फोहर व्यवस्थापन, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माणलगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे प्रस्ताव प्रस्तुत […]
पूरा पढ्नुहोस्
रत्ननगर खानेपानीको तीन बर्षे उपलब्धि सार्वजनिक : ६४ किमी पाइपलाइन विस्तार,चार हजार थपिए उपभोक्ता
रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले तीन बर्षको अबधिमा गरेका काम र त्यसको उपलब्धि सार्वजनिक गरेको छ । संस्थाले मंगलबार कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी गरी २०७९ भदौं देखि अहिले सम्म गरेका काम सार्वजनिक गरेको हो । माधव अर्याल नेतृत्वको समितिले तीन बर्षको अबधिमा चार हजार उपभोक्ता थप गर्न सफल भएको छ भने […]
पूरा पढ्नुहोस्
मुग्लिन–मलेखु सडकखण्डः छ दिन रातको समयमा सडक आवागमन बन्द गरेर घोप्टे भिरको भित्तो काटियो
चितवन –पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो काट्ने काम सम्पन्न भएको छ । छ दिन रातको समयमा सडक आवागमन बन्द गरेर भित्तो काट्ने काम गरिएको हो ।नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार घोप्टे भिरको दुई सय ५० मिटर लामो सडकको छेउको भित्तो काटिएको हो । यहाँ […]
पूरा पढ्नुहोस्
चितवनमा गुरुङ समुदायको कुलघर निर्माण गर्न सांस्कृतिक कन्सर्ट हुँदै
चितवन–गुरुङ समुदायको कुलघर ‘क्वोइयो’ निर्माण गर्ने उद्देश्यले तमू प्ये ल्हु संघले सांस्कृतिक कन्सर्ट आयोजना गर्ने भएको छ । संघले आज (मंगलबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी दिएको हो ।आगामी वैशाख १८ गते बुद्ध जयन्तीको अवसर पारेर चितवनको क्याम्पाचौरमा साँझ ४ बजेदेखि राति १० बजेसम्म कन्सर्ट आयोजना गर्न लागिएका संघका अध्यक्ष विक्रम गुरुङले […]
पूरा पढ्नुहोस्
चितवनका सबै सरकारी कार्यालयमा बिचौलियालाई निषेध
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीसँग कुनै पनि प्रकारको बिचौलिया प्रयोग तथा घुस लेनदेन नगर्न कडाइका साथ निर्देशन दिएको छ। जिल्ला प्रशासनले सूचना जारी गर्दै सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रदान हुने सेवाहरूलाई थप पारदर्शी, सरल र प्रभावकारी बनाउन यस्तो कदम चालिएको जनाएको हो। गृह मन्त्रालयको नीतिअनुसार सेवा प्रवाहलाई पूर्ण रूपमा बिचौलियामुक्त बनाउन सबै कार्यालयलाई […]
पूरा पढ्नुहोस्
लायन्स क्लब अफ चितवन राइजको अध्यक्षमा डा. घिमिरे
चितवन । लायन्स क्लब अफ चितवन राइजको अध्यक्षमा डा. रमेश घिमिरे सर्वसम्मत चयन भएका छन् । आइतबार दियालो फुडल्याण्ड क्षेत्रपुरमा सम्पन्न अधिवेशनले डा. घिमिरेको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । लायन वर्ष सन् २०२६/२७ लागि गठित समितिको प्रथम उपाध्यक्षमा यमबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा कमल घिमिरे, सचिवमा अश्विन गोले, कोषाध्यक्षमा ईश्वरकुमार श्रेष्ठ र सदस्यहरूमा अर्जुन […]
पूरा पढ्नुहोस्
चितवनमा अठार वटा कृष्णसार ल्याइने
चितवन- चितवनमा अठार वटा कृष्णसार ल्याइने भएको छ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको हो । वन तथा वातावरण मन्त्रालयलले हाललाई छ भाले र १२ पोथी गरी जम्मा १८ वटा कृष्णसार स्थानान्तरण गर्ने भएको जनाएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी मन्त्रालयबाट गठित कार्यदलले […]
पूरा पढ्नुहोस्
क्यान्सर पिडित महिलालाई बन्दीपुर सामाजिक विकास समितिको आर्थिक सहयोग
चितवन–स्तन क्यान्सरबाट पीडित बन्दीपुर–४ भैंसेखारकी ४१ वर्षीया कमलादेवी धमला जोशीको उपचारमा सहयोगी हात थपिएका छन् । बन्दीपुर सामाजिक विकास समिति तनहुँका आजिवन सदस्य छायाँ श्रेष्ठले आज अस्पतालमै पुगेर ७१ हजार ५ रुपैयाँ चेक हस्तान्तरण गर्नुभयो ।संस्थाका अध्यक्ष यादव लाल श्रेष्ठ र महासचिव रेखा श्रेष्ठको पहलमा तथा आजीवन सदस्य छाँया श्रेष्ठको समन्वयमा उक्त रकमको चेक अस्पतालमै […]
पूरा पढ्नुहोस्
अमलाचौर चितवन-नवलपुर सम्पर्क समाजको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न
भरतपुर, २०८२ चैत्र २१ — अमलाचौर (बाग्लुङ) बाट चितवन र नवलपुर क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूबीच सम्पर्क, सहयोग र सहकार्य प्रवर्धन गर्ने उद्देश्यले स्थापित अमलाचौर चितवन-नवलपुर सम्पर्क समाज को प्रथम साधारण सभा तथा अधिवेशन भरतपुर को होटल सुभम एन्ड हस्पिटालिटी चैबिसकोठी मा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष श्री लक्ष्मी कान्त आचार्य ज्यूले […]
पूरा पढ्नुहोस्






