२६ बैशाख २०८३, शनिबार १९:२३
भरतपुर- सिर्जनशील समाज को आयोजना तथा उदय नेपाल को सहकार्यमा तरकारी तथा कृषि बालीमा विषादी न्यूनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिबार भरतपुर–४ बैकुण्ठ टोलमा सम्पन्न भएको छ।
सिर्जनशील समाज भरतपुर–४ का अध्यक्ष इश्वरी कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृषि विज्ञ निशा सुवेदीले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा तरकारी, फलफूल तथा खेतीपातीमा लाग्ने रोग, रोग नियन्त्रणका उपाय, विषादी प्रयोगबाट हुने असर, उपयोगी तथा हानिकारक किराको पहिचान लगायत विषयमा विस्तृत जानकारी गराइएको थियो।
प्रशिक्षणमा विषादीको प्रयोग घटाउन किरा लाग्न नदिने उपाय अपनाउने, किरा देखिनेबित्तिकै नियन्त्रण गर्ने, घरेलु औषधि, झोल मल, पानी तथा तितो, पिरो, टर्रो र अमिलो पदार्थको प्रयोग गर्नुपर्ने विषयमा जानकारी दिइएको थियो।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शिवप्रसाद बराल, निवर्तमान अध्यक्ष टिकाराम सापकोटा, पूर्व उपाध्यक्ष महेश्वर पोखरेल, पूर्व महासचिव कविता शर्मा, उपाध्यक्ष हरीप्रसाद गुरागाईं, महासचिव सुरेश घिमिरे, सचिव प्रदीप अर्याल, कोषाध्यक्ष लक्ष्मी कडेल लगायतको सहभागिता रहेको थियो। साथै बैकुण्ठ टोलका ५५ जना महिला तथा पुरुष सहभागी भएका थिए।
संस्थापक अध्यक्ष शिवप्रसाद बरालले सहजीकरण गर्नुभएको कार्यक्रमको समापन अध्यक्ष इश्वरी कडेलले धन्यवाद ज्ञापनसहित गर्नुभएको थियो। कार्यक्रम व्यवस्थापनमा गोविन्द कडेलले विशेष सहयोग गर्नुभएको जनाइएको छ।





प्रतिकृया दिनुहोस्