रत्ननगर : रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले नगरभित्रका वास्तविक सुकुम्बासी नागरिकहरूको समस्या समाधान गर्न नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।सुकुम्बासी व्यवस्थापनलाई देशभरकै संवेदनशील विषयका रूपमा लिइएको वर्तमान अवस्थामा रत्ननगर नगरपालिकाले यहाँका घरवारविहीन नागरिकहरूको पीडा, संघर्ष र अधिकारलाई गम्भीरतापूर्वक लिएको मेयर सापकोटाले स्पष्ट पारे। उनका अनुसार कतिपय परिवारहरूले आवश्यक प्रक्रिया अनुसार सेतो पुर्जा प्राप्त गरिसकेका छन् भने अन्य धेरै परिवारहरूको कागजी प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
उनले यो प्रक्रिया केवल औपचारिकता नभई नागरिकहरूको सुरक्षित भविष्य सुनिश्चित गर्ने अभियान भएको बताए। मेयर सापकोटाले दृढ प्रतिबद्धता व्यक्त गर्दै भने, “रत्ननगरका कुनै पनि वास्तविक सुकुम्बासी परिवारलाई घरबारविहीन हुन दिइने छैन।” उनले नागरिकको पीडामा साथ दिनु नगरपालिकाको पहिलो दायित्व भएको उल्लेख गर्दै रत्ननगरका प्रत्येक नागरिकको सम्मान, सुरक्षा र भविष्यप्रति नगरपालिका सधैं उत्तरदायी रहने प्रतिबद्धता दोहोर्याए।
नगरपालिकाले सुकुम्बासी व्यवस्थापनलाई व्यवस्थित र न्यायोचित रूपमा अघि बढाउँदै दीर्घकालीन समाधानतर्फ काम गरिरहेको जनाएको छ।





प्रतिकृया दिनुहोस्