प्रदेश
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
ढोरपाटन– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्युत्को भरमा थिए । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट ३५ किलोमिटर लामो पश्चिममा रहेको ढोरपाटनमा केन्द्रीय लाइन पुर्याएको हो । प्राधिकरणका बागलुङ प्रमुख दिलीप मरासिनीले […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ – हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी र हिमाली भागमा सामान्यतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशसहित […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौं। हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, बाँकी भू-भागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा […]
पूरा पढ्नुहोस्
गोकुल बाँस्कोटाले नेकपा ‘कोल्याप्स’को कारण यसरी सम्झिए
काठमाडौं– नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पाँच वर्षअघिको राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया र त्यसको विघटनबारे टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले नेकपाको त्यो समय ‘क्लाइमेक्स’ र ‘कोल्याप्स’ को मिश्रण भएको बताएका हुन्। वामपन्थी शक्तिबीचको एकताले जनतामा अभूतपूर्व उत्साह जगाए […]
पूरा पढ्नुहोस्
शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु
कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले क्यामेरा ट्रयापिङ विधिबाट राष्ट्रिय बाघ गणना सुरु भएको बताए । उनका अनुसार प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना गरिँदै आएको छ । क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना गर्न लागिएको उक्त कम्प्लेक्समा १५ […]
पूरा पढ्नुहोस्
दुई फर्ममाथि विभागको जरिवाना
काठमाडौँ– नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुमगन गरेको छ । अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर थिमीलाई २० हजार र पञ्चकन्या त्रिदेव डेरी पसल नयाँ बानेश्वरलाई १० हजार जरिवाना गरेको […]
पूरा पढ्नुहोस्
पर्वतमा अफ्रिकन स्वाइनले ४६ बङ्गुर मरे
पर्वत – पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको सङ्क्रमण बढेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि किसान तथा बङ्गुरपालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । पर्वतमा अहिलेसम्म उक्त रोगको सङ्क्रमणका कारण ४६ वटा बङ्गुर मरिसकेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार कुश्मा […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान: केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज तराई तथा उपत्यकाका केही स्थानमा बादल र तुवाँलो लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि […]
पूरा पढ्नुहोस्
पर्सामा जन्ती बोकेको कार दुर्घटना : चालकको मृत्यु, एक घाइते
रौतहट। पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। बहुदरमाई नगरपालिका-८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनीको एकडरवा गाउँतर्फ जाँदै गरेको बीआर ०६४५ नम्बरको कार महुवनस्थित गण्डक नहर नजिक दुर्घटनामा परेको हो। अनियन्त्रित भएको कार राति करिब ९:१५ बजे सडक […]
पूरा पढ्नुहोस्
मौसम पूर्वानुमान : पहाडी र हिमाली भू-भागमा हल्का वर्षा सम्भावना
काठमाडौं। हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायु मण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी, […]
पूरा पढ्नुहोस्






