खेलकुद

विश्वकपको तयारी: पोर्चुगल र नाइजेरिया भिड्दै, के रोनाल्डो खेल्लान् ?

काठमाडौँ – विश्वकपको प्रमुख दाबेदार मानिएको पोर्चुगलले आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा बुधबार नाइजेरियाको सामना गर्दै छ । क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भा जस्ता स्टार खेलाडीले भरिएको रोबर्टो मार्टिनेजको टोली विश्वकपको मैदानमा उत्रनुअघि जितसहित उच्च मनोबलका साथ बिदा हुन चाहन्छ । यसअघि शनिबार ओइरासमा भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले चिलीलाई २–१ ले पराजित गरेको थियो […]

पूरा पढ्नुहोस्

इयू टी-२०: दीपेन्द्र र गुल्सन चम्किए पनि जेबी ब्रुग्स पराजित

काठमाडौँ – बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम लिग’ मा नेपाली खेलाडीको बाहुल्य रहेको टोली जेबी ब्रुग्स एन्टवर्प एन्कर्ससँग ५ विकेटले पराजित भएको छ । टोली पराजित भए पनि नेपाली अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे । मङ्गलवार राति भएको खेलमा ब्रुग्सले प्रस्तुत गरेको १०९ रनकाे लक्ष्य पछ्याएको एन्टवर्पका कप्तान […]

पूरा पढ्नुहोस्

विश्वकपअघिको मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी, ओलिसको ह्याट्रिक

काठमाडौँ – माइकल ओलिसको ह्याट्रिक मद्दतले फ्रान्सले विश्वकप २०२६ अघिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा उत्तरी आयरल्यान्डलाई सोमबार ३–१ ले पराजित गरेको छ । फ्रान्सको लिलमा भएको यो खेल प्रशिक्षक डिडिएर डेसक्याम्पका लागि घरेलु भूमिमा अन्तिम खेल समेत बन्यो । खेलमा ओलिसले ४३ औँ, ४९ औँ र ७४ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । […]

पूरा पढ्नुहोस्

एसियन गेम्स छनोट: सेमिफाइनलमा आज नेपाल र ओमान भिड्दै

काठमाडौँ– एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपालले ओमानको सामना गर्दैछ। समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपाल र समूह ‘बी’ को उपविजेता ओमानबीचको खेल सिंगापुरमा नेपाली समय अनुसार बिहान ७:१५ बजे सुरु हुनेछ। छनोट चरणका दुवै खेल जित्दै बलियो मनोबलमा रहेको नेपाली टोली ओमानलाई पाखा लगाउँदै उपाधि नजिक पुग्ने लक्ष्यमा […]

पूरा पढ्नुहोस्

‘राष्ट्रपति रनिङ सिल्डमा बागमतीको वर्चस्व, एथलेटिक्समा ११ स्वर्ण’

काठमाडौं– बागमती प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको अन्तिम दिन शुक्रबार एथलेटिक्समा सर्वाधिक ११ स्वर्ण जितेको छ ।   बागमतीले ७ रजत र ५ कांस्य पनि जित्न सफल भयो । एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश थिए । सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ३ रजत र ४ कांस्य, लुम्बिनी प्रदेशले ५ स्वर्ण, ९ रजत […]

पूरा पढ्नुहोस्

एसिसी महिला प्रिमियर कप: दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला टिम

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बुधबार पहिलो खेलमा कतारलाई आठ विकेटले हराएको नेपाल आज दोस्रो खेलमा विजयी हुने लक्ष्यसहित मैदानमा हुनेछ । नेपाल र भुटानको खेल बिहीबार बिहान ७ः१५ बजे मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमामा हुँदैछ । बुधबार भएको पहिलो खेलमा कतारले दिएको ७७ रनको लक्ष्य […]

पूरा पढ्नुहोस्

एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल

काठमाडौँ – एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने आजको खेलमा नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा हुनेछ । समूह ‘ए’को नेपाल एक एक खेल अगाडि नै एसियाली खेलकुदमा छनोट भइसकेको छ । पहिलो खेलमा चीनलाई २२१ रनले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ । नेपाल र मलेसियाबीचको […]

पूरा पढ्नुहोस्

साफ महिला च्याम्पियनसीपः बंगलादेशसंग हार्‍यो नेपाल

चितवन–बंगलादेशसंग पराजित हुँदै नेपाल साफ महिला फुटबल च्याम्पियनसीपको फाइनलमा पुग्न असफल भएको छ ।बुधबार भारतको गोवामा बंगलोदशले नेपाललाई २–१ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान तय गर्‍यो । दुई पल्टको डिफेन्डिङ च्याम्पियन बंगलोदश प्रतियोगिताको फाइनल पुगेको यो लगातार तेस्रो पल्ट हो । दोस्रो हाफको अतिरिक्त समयमा सागोरिकाले गोल गरेपछि बंगलादेशले एक गोलले पछाडि रहेको स्थितिबाट […]

पूरा पढ्नुहोस्

नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने

काठमाडौँ- नेपाल जापानमा आयोजना हुने आसन्न एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । मलेसियामा जारी छनोट प्रतियोगिता अन्तर्गत मंगलबार घरेलु टोली मलेसियाले चीनलाई ९ विकेटले पराजित गरेपछि नेपालले एसियन गेम्समा स्थान सुरक्षित गरेको हो । चीनमाथिको जितसँगै मलेसिया पनि प्रतियोगिताका लागि छनोट भएको छ । लगातार दोस्रो हार खेपेको चीन भने छनोट […]

पूरा पढ्नुहोस्

व्याडमिन्टन प्रशिक्षक ‘बिक्की’: स्वदेशमा अवसर पाएनन, भारतमा मासिक डेढ लाख कमाइ

महेन्द्रनगर–कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहलमा व्याडमिन्टन खेलको स्वयंसेवक प्रशिक्षकका रुपमा सात वर्ष काम गरेका विवेक थापा (बिक्की) यतिबेला भारतको कर्नाटक राज्यको बैङ्ग्लोरमा प्रशिक्षणमा जमेका छन् ।राष्ट्रिय खेलकुद परिषद्बाट एनआइएस तालिम गरेर प्रशिक्षकको योग्यता हासिल गरेका थापा विगत दश वर्षदेखि बैङ्ग्लोरमा व्याडमिन्टन प्रशिक्षण गराइरहेका छन् । नेपालमा छँदा कञ्चनपुरबाट अन्तरराष्ट्रियस्तरसम्मका खेलाडी उत्पादन गरेका थापाले बैङ्ग्लोरमा पनि प्रदेशस्तरमा उपाधि […]

पूरा पढ्नुहोस्