खेलकुद

सानो देशको ठूलो धमाका : बलियो स्पेनलाई रोक्दै केप भर्डले रच्यो इतिहास

एटलान्टा – एटलान्टा स्टेडियममा जब रेफ्रीले अन्तिम सिट्ठी फुके, क्यामराका लेन्स केप भर्डका गोलकिपर बोजिन्हातर्फ तेर्सिए । उपाधिको बलियो दाबेदार मानिएको युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै ऐतिहासिक सफलता हात पारेपछि ४० वर्षीय बोजिन्हाका आँखाबाट आँसु थामिएका थिएनन् । स्टेडियममा उपस्थित हजारौं केप भर्डका समर्थक खुसीले नाच्न र अगाँलो हाल्न थाले भने मैदानमा खेलाडीले एकअर्कालाई […]

पूरा पढ्नुहोस्

विश्वकप : बेल्जियम, इजिप्टसँग १-१ को बराबरी

सियाटल – सियाटल स्टेडियममा सोमबार राति भएको समूह ‘जी’ को रोमाञ्चक खेलमा बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको ६६ औं मिनेटमा मैदान छिरेका लुकाकुले त्यसको २८ सेकेन्डमै बेल्जियमलाई बराबरीमा फर्काउन भूमिका खेलेका थिए । उनको यही मुभका कारण चौथो पटक विश्वकप खेलिरहेको इजिप्ट इतिहासमा आफ्नो पहिलो जित दर्ता गर्नबाट […]

पूरा पढ्नुहोस्

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग गयराति एसियाको पावर हाउस मानिने जापानले बराबरी खेलेको छ । अन्तिम समयमा जापानले कमब्याक गर्दा विश्वकपको आ-आफ्नो पहिलो खेलमा २-२ को बराबरी भएको हो । विश्वकप उपधि दाबेदारमध्ये एकका रुपमा हेरिएको डच टोलीलाई समूह चरणको पहिलो खेलमा जपानले कडा चुनौती दियो ।जापानले खेलको नजिता आफ्नो […]

पूरा पढ्नुहोस्

फिफा विश्वकप २०२६: जर्मनीको सानदार सुरुआत, कुराकाओमाथि ७-१ को फराकिलो जित

काठमाडौं। चार पटकको विश्वकप विजेता जर्मनीले फिफा विश्वकप फुटबल प्रतियोगिता, २०२६ मा विजयी सुरुआत गरेको छ। अमेरिकाको ह्युस्टन रंगशालामा आज सम्पन्न समूह ‘इ’ को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुराकाओलाई ७-१ को भारी गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। एकपक्षीय जस्तो देखिएको उक्त खेलमा जर्मनीले पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा थप ४ […]

पूरा पढ्नुहोस्

विश्वकपमा आइभोरी कोस्टको रोमाञ्चक जित: ९० मिनेटको गोलले इक्वेडर पराजित

काठमाडौँ – वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका म्यानचेस्टर युनाइटेडका अमद डियालोले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि आइभोरी कोस्टले फिफा विश्वकपमा इक्वेडरमाथि रोमाञ्चक जित हात पारेको छ । समूह ‘ई’ को खेलमा आइभोरी कोस्टले बलियो प्रतिद्वन्द्वी इक्वेडरलाई पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको हो । यो हारसँगै इक्वेडरको विगत १९ खेलदेखिको अपराजित यात्रामा समेत पूर्णविराम […]

पूरा पढ्नुहोस्

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो

टेक्सस – खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले फिफा विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्सलाई २–२ गोलको बराबरीमा रोकेको छ । अमेरिकाको टेक्ससस्थित ६९ हजार २ सय ८५ दर्शक क्षमताको वातानुकूलित रंगशालामा आइतबार भएको खेलमा जापानले दुई पटक पछाडि परेको अवस्थालाई उल्ट्याउँदै अङ्क खोस्न सफल भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो […]

पूरा पढ्नुहोस्

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा कतारले ऐतिहासिक सफलता हात पारेको छ। खेलको इन्जुरी समयमा सम्हालिएको प्रदर्शन गर्दै कतारले बलियो टोली स्वीट्जरल्यान्डलाई १-१ गोलको बराबरीमा रोक्न सफल भएको हो। विश्वकप इतिहासमा कतारले अङ्क जोडेको यो पहिलो पटक हो। सान फ्रान्सिस्को वे एरियास्थित लेभिस स्टेडियममा शनिबार राति भएको खेलमा स्वीट्जरल्यान्डले सुरुवाती अग्रता […]

पूरा पढ्नुहोस्

विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल अफ्रिकन पावरहाउस मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ। न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका हुन्। खेलको पहिलो हाफ रोचक भए पनि दोस्रो हाफमा भने खेल केही सुस्त देखिएको थियो। खेलको २१ औँ मिनेटमा […]

पूरा पढ्नुहोस्

विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिकामाथि मेक्सिको २-० ले विजयी

मेक्सिको सिटी – विश्वकप फुटबलको उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले विजयी सुरुआत गरेको छ । ऐतिहासिक एस्टेका रङ्गशालामा बिहीबार राति भएको खेलमा मेक्सिकोले ९ खेलाडीमा समेटिएको दक्षिण अफ्रिकालाई २-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो । समूह ‘ए’ मा रहेको मेक्सिकोको जितमा जुलियन क्विनोनेस र अनुभवी स्ट्राइकर राउल जिमेनेजले १–१ गोल गरे । ८० […]

पूरा पढ्नुहोस्

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा र मेक्सिको) का सहरमा आयोजना हुन लागेको यो प्रतियोगितामा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। यसपटकको विश्वकप मैदानभित्रको फुटबलमा मात्र सीमित नभएर संगीत, मनोरञ्जन र ग्ल्यामरको उत्सव बन्ने भएको छ। फिफाले इतिहासमै पहिलोपटक तीन फरक राष्ट्रमा आयोजना गर्न लागेको उद्घाटन समारोहमा विश्वचर्चित सांगीतिक स्टार साकिरादेखि बलिउडकी ‘डान्स […]

पूरा पढ्नुहोस्