खेलकुद

क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी

टेक्सास – कप्तान ह्यारी केनको दुई गोलको मद्दतले इङ्गल्यान्डले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिकाको टेक्ससस्थित डलास काउब्वयजको रंगशालामा बुधबार राति सम्पन्न रोमाञ्चक खेलमा इङ्गल्यान्डले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो । नयाँ मुख्य प्रशिक्षक थोमस टुकलको नेतृत्वमा पहिलो ठूलो प्रतियोगिता खेलिरहेको इङ्गल्यान्डका लागि केनबाहेक जुड बेलिङ्घम र वैकल्पिक खेलाडीका […]

पूरा पढ्नुहोस्

कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके

काठमाडौँ – उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) सँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलमा सुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा पोर्चुगल अंक बाँड्न बाध्य भएको हो । खेलको छैटौँ मिनेटमै जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । बलमाथि […]

पूरा पढ्नुहोस्

विश्वकपमा नर्वेको विजयी सुरुवात : इराक ४-१ गोल अन्तरले पराजित

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई गोल गरेपछि नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । समूह ‘आई’ अन्तर्गतको खेलमा नर्वेले उत्कृष्ट खेल प्रदर्शन गर्दै इराकलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । लामो समयको प्रतीक्षापछि विश्वकपमा फर्किएको इराकले बलियो मनोबल देखाए पनि नर्वेको आक्रामक रणनीतिसामु अंक जोड्न सकेन […]

पूरा पढ्नुहोस्

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले आज अल्जेरियाको सामना गर्दैछ । अमेरिकाको कान्सास सिटी स्टेडियममा हुने यस खेलसँगै लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले आफ्नो उपाधि रक्षाको यात्रा सुरु गर्नेछ । यो खेल अर्जेन्टिनी कप्तान लियोनेल मेसीका लागि निकै ऐतिहासिक बन्नेछ । ह्यामस्ट्रिङको समस्याबाट पूर्ण रूपमा निको […]

पूरा पढ्नुहोस्

विश्वकपमा सेनेगललाई ३–१ गोलले पराजित गर्दै फ्रान्सको विजयी सुरुवात

काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम गरेपछि साविक उपविजेता फ्रान्सले फिफा विश्वकपमा विजयी सुरुवात गरेको छ । समूह ‘आई’ अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गर्दै तेस्रो पटक विश्वकप उपाधि जित्ने आफ्नो अभियानलाई बलियो बनाएको हो । खेलको पहिलो हाफमा निकै संघर्ष गरेको फ्रान्सले दोस्रो हाफमा […]

पूरा पढ्नुहोस्

सानो देशको ठूलो धमाका : बलियो स्पेनलाई रोक्दै केप भर्डले रच्यो इतिहास

एटलान्टा – एटलान्टा स्टेडियममा जब रेफ्रीले अन्तिम सिट्ठी फुके, क्यामराका लेन्स केप भर्डका गोलकिपर बोजिन्हातर्फ तेर्सिए । उपाधिको बलियो दाबेदार मानिएको युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै ऐतिहासिक सफलता हात पारेपछि ४० वर्षीय बोजिन्हाका आँखाबाट आँसु थामिएका थिएनन् । स्टेडियममा उपस्थित हजारौं केप भर्डका समर्थक खुसीले नाच्न र अगाँलो हाल्न थाले भने मैदानमा खेलाडीले एकअर्कालाई […]

पूरा पढ्नुहोस्

विश्वकप : बेल्जियम, इजिप्टसँग १-१ को बराबरी

सियाटल – सियाटल स्टेडियममा सोमबार राति भएको समूह ‘जी’ को रोमाञ्चक खेलमा बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको ६६ औं मिनेटमा मैदान छिरेका लुकाकुले त्यसको २८ सेकेन्डमै बेल्जियमलाई बराबरीमा फर्काउन भूमिका खेलेका थिए । उनको यही मुभका कारण चौथो पटक विश्वकप खेलिरहेको इजिप्ट इतिहासमा आफ्नो पहिलो जित दर्ता गर्नबाट […]

पूरा पढ्नुहोस्

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग गयराति एसियाको पावर हाउस मानिने जापानले बराबरी खेलेको छ । अन्तिम समयमा जापानले कमब्याक गर्दा विश्वकपको आ-आफ्नो पहिलो खेलमा २-२ को बराबरी भएको हो । विश्वकप उपधि दाबेदारमध्ये एकका रुपमा हेरिएको डच टोलीलाई समूह चरणको पहिलो खेलमा जपानले कडा चुनौती दियो ।जापानले खेलको नजिता आफ्नो […]

पूरा पढ्नुहोस्

फिफा विश्वकप २०२६: जर्मनीको सानदार सुरुआत, कुराकाओमाथि ७-१ को फराकिलो जित

काठमाडौं। चार पटकको विश्वकप विजेता जर्मनीले फिफा विश्वकप फुटबल प्रतियोगिता, २०२६ मा विजयी सुरुआत गरेको छ। अमेरिकाको ह्युस्टन रंगशालामा आज सम्पन्न समूह ‘इ’ को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुराकाओलाई ७-१ को भारी गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। एकपक्षीय जस्तो देखिएको उक्त खेलमा जर्मनीले पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा थप ४ […]

पूरा पढ्नुहोस्

विश्वकपमा आइभोरी कोस्टको रोमाञ्चक जित: ९० मिनेटको गोलले इक्वेडर पराजित

काठमाडौँ – वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका म्यानचेस्टर युनाइटेडका अमद डियालोले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि आइभोरी कोस्टले फिफा विश्वकपमा इक्वेडरमाथि रोमाञ्चक जित हात पारेको छ । समूह ‘ई’ को खेलमा आइभोरी कोस्टले बलियो प्रतिद्वन्द्वी इक्वेडरलाई पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको हो । यो हारसँगै इक्वेडरको विगत १९ खेलदेखिको अपराजित यात्रामा समेत पूर्णविराम […]

पूरा पढ्नुहोस्