काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले आज अल्जेरियाको सामना गर्दैछ । अमेरिकाको कान्सास सिटी स्टेडियममा हुने यस खेलसँगै लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले आफ्नो उपाधि रक्षाको यात्रा सुरु गर्नेछ ।
यो खेल अर्जेन्टिनी कप्तान लियोनेल मेसीका लागि निकै ऐतिहासिक बन्नेछ । ह्यामस्ट्रिङको समस्याबाट पूर्ण रूपमा निको भइसकेका मेसीले आज मैदान उत्रिएसँगै आफ्नो २०० औं अन्तर्राष्ट्रिय खेल पूरा गर्नेछन् ।
यसका साथै ६ वटा छुट्टाछुट्टै विश्वकप खेल्ने उनी विश्वकै पहिलो खेलाडी समेत बन्नेछन् । विश्वकपमा उनको यो कीर्तिमानी २७ औं खेल हुनेछ ।अर्जेन्टिनाका भरपर्दा गोलकिपर एमी मार्टिनेज औंलाको चोटबाट निको हुँदै टोलीमा फर्किएका छन् तर टोलीका मुख्य लेफ्ट ब्याक निकोलस तागलियाफिको भने चोटका कारण आजको खेलमा उपलब्ध हुने छैनन् ।अर्कोतर्फ, अल्जेरियाली टोलीका मुख्य डिफेन्डर रामी बेन्सेबैनी गोलीगाँठोको चोटका कारण मैदान बाहिर रहने भएका छन् । यो खेल नेपाली समय अनुसार अहिले ६ ४५ मा सुरु हुँदैछ ।







प्रतिकृया दिनुहोस्